राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी केन्द्रको निर्णय « Khabarhub

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी केन्द्रको निर्णय


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको बताए ।

माओवादीले भोलिबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको थियो ।

तर पार्टीमा आकर्षण बढेपछि त्यसलाई परिवर्तन गरेर राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

माओवादीले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकले स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रवक्ता महराले जानकारी दिए ।

यसअघि माओवादीले हेटौंडामा महाधिवेशन गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ०९ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल