तिर्थाटनमा रमाए ज्येष्ठ नागरिक « Khabarhub

तिर्थाटनमा रमाए ज्येष्ठ नागरिक


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका ज्येष्ठ नागरिक आन्तरिक तिर्थाटनमा निस्किएका छन् । असोज २०७५ मा मुक्तिनाथसम्म पुगेर दर्शन गरेका ज्येष्ठ नागरिकको टोली शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दुधकुण्ड देउधामको तिर्थाटनमा निस्किएका हुन् ।

ज्येष्ठ नागरिक संघको बन्दोबस्तमा तीनवटा बस रिजर्भ गरेर ज्येष्ठ नागरिकको टोली दिक्तेलबजारबाट भुलभुले दुधकुण्ड देउधाम पुगेका हुन् । कोभिडको महामारीका कारण दुई वर्षसम्म घर बाहिर निस्कन नपाएका ज्येष्ठ नागरिकलाई घुमफिर र फ्रेस गराउनका लागि भुलभुले दुधकुण्ड देउधाम लगिएको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३२ जना ज्येष्ठ नागरिकको टोली भुलभुले दुधकुण्ड देउधाम पुगेर दर्शन, भ्रमण एवं पूजाआजा गरेका छन् । ज्येष्ठ नागरिकले भुलभुले दुधकुण्ड देउधाममा नाचगान गर्दै रमाइलो गरेका छन् । ज्येष्ठ नागरिक मादल, डेक माइकसहित तिर्थाटनमा निस्किएका थिए । कतिपय वृद्धाले भुलभुले दुधकुण्ड देउधाममा संगीनी गाउँदै नाचेका थिए ।

कतिपय ज्येष्ठ नागरिकले श्लोक बाचन गरेर सुनाएका थिए । तिर्थाटनको रहर हुँदाहुँदै घर बाहिर निस्कन नपाएका बृद्धबृद्धा भुलभुले दुधकुण्ड देउधाम पुग्दा उत्साहित भएका छन् । भुलभुले दुधकुण्ड देउधाम पुग्ने लामो समयदेखिको सपना पुरा भएको दिक्तेलकी वृद्धा मनमायाँ आचार्यले बताइन् ।

ज्येष्ठ नागरिकले भुलभुले दुधकुण्ड देउधाममा दर्शन गर्नुका साथै बुढानिलकण्ठ, पोखरीबिचमा राखिएको यलम्बरको मुर्ती, जलपादेबीको मन्दीर, सात ढुंगे धाराबाट छल्किरहेका पानी, पानीको मुहानमा खेलीरहेका असला माछा लगायतको दृश्यावलोकन गरेका छन् ।

२०७५ मा ज्येष्ठ नागरिकको टोली धनुषाको जानकी मन्दिर, तनहुँको देवघाट, लुम्बिनी, म्याग्दीको गलेश्वरधाम, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यावासिनी, गुप्तेश्वर महादेव मन्दिरको दर्शन एवं भ्रमण गरेर १० दिनमा घर फर्किएका थिए । न्यूजकारखाना

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १० : ३० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर