पुरुष भलिबल टोलीको दोस्रो हार | Khabarhub Khabarhub

पुरुष भलिबल टोलीको दोस्रो हार


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय पुरुष टोली एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको छ ।

बिहीबारदेखि बंगलादेशको ढाकामा जारी प्रतियोगितामा नेपालले पहिलो सेट २५–१८ ले हारेपनी दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २२–२५ आफ्नो पक्षमा पारेको थियो ।

तर श्रीलंकासँगको लयलाई निरन्तरता दिन नसकेको टोलीले तेस्रो सेट २५–१६ र चौथो सेट २५–१५ ले गुमायो ।

यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजय भोगेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग ३–१ को शानदार जित निकालेको थियो ।

प्रतियोगितामा तीन खेलमा एक जित र दुई हार बेहोरेको नेपालले तीन अंक बनाएको छ ।

नेपालले आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

पुरुषतर्फको खेलमा समान दुई खेल खेलेको आयोजक बंगलादेश र श्रीलंकाले समान ६ अंक जोडेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : ५० बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा