निर्यात बढाउन उत्पादन विविधिकरणमा जोड | Khabarhub Khabarhub

निर्यात बढाउन उत्पादन विविधिकरणमा जोड


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आयात प्रतिस्थापन तथा निर्यात बढाउन उद्यमी–व्यवसायीलाई उत्पादन विविधिकरणमा लाग्न सुझाएको छ ।

नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घलाई उत्पादन व्यापार र उत्पादन विविधिकरणमा लाग्न वाणिज्य सचिव दिनेश भट्टराईले सुझाए ।

सङ्घको १३ औँ वार्षिक साधारणसभालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले उनी फेल्ट र फेल्टजन्य उत्पादन निर्यातमा दिइएको नगद अनुदानले राष्ट्रको अर्थतन्त्रमा केही योगदान गरेको बताउँदै अझ प्रतिस्पर्धी र गुणस्तरीय उत्पादनमा लाग्न फेल्ट उद्यमीलाई आग्रह गरे।

अल्पविकसित देशबाट स्तरोन्नति भएपछि नेपालले विश्व बजारमा सहुलियत नपाउने भएकाले आजैदेखि गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमा लाग्न जरुरी भएको उनले बताए। सचिव भट्टराईले गत आर्थिक वर्षमा रु छ अर्ब बराबरका फेल्ट सामग्री निर्यात भएका र चालु आवमा पनि रु तीन अर्बको हाराहारीमा फेल्टका सामान विदेश पठाइनु अर्थतन्त्रका निम्ति सकारात्मक भएकाले उत्पादन बढाउने उद्यमीहरूलाई सरकारले सधैँ प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन नेपाल उद्योग, वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घलगायत संस्थाहरूले सरकारसमक्ष प्रस्तुत गरेका नीतिगत एवं संरचनागत सुधारका सुझावलाई वाणिज्य मन्त्रालयले सकारात्मक रुपमा लिएको र उद्योगधन्दाको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट गरे।

आजै सम्पन्न साधारणसभाले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमोघ धाक्ख्वा, महासचिवमा तेलबहादुर कुमाल, सचिवमा शान्ति भण्डारी र कोषाध्यक्षमा शिव अधिकारी चुनिएका छन्।
–––

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १० : १५ बजे

प्रतिनिधिसभा निर्वाचन : दर्ताका लागि पहिलो दिनमै १२ निवेदन

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन

निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह

काठमाडौं – बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित

काठमाडौँ– नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी भएका

सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको चारबुँदे निर्देशन

काठमाडौं- भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने

शीर्ष क्रममा नचल्दा हार व्यहोर्‍यौँ: जनकपुरका कप्तान साह

काठमाडौं- जनकपुर बोल्ट्सका कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरले ओपनर