आज गणेशको पूजा गर्ने दिन, यी हुन् गणेशका ११ स्वरुप « Khabarhub

आज गणेशको पूजा गर्ने दिन, यी हुन् गणेशका ११ स्वरुप


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान श्रीगणेशको पूजा गरिन्छ ।

त्यसोत कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको पूजा गर्ने गरिन्छ । मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ ।

श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरुको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवानका स्वरुपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

सेतो गणेशः

भगवान गणेशका विभिन्न स्वरुप मध्ये तपाईले सेतो गणेशको प्रतिमा देख्नुभएको होला । मठ मन्दिरमा समेत गणेश भगवानको सेतो प्रतिमा हुन्छन् । बजारमा पनि सेतो गणेशको मूर्ति किन्न पाइन्छ । यीनलाई ‘श्वेतार्क गणपति’ पनि भनिन्छ । ‘श्वेतार्क गणपति’को प्रतिमा घरमा स्थापित गर्नाले घरका सवै सदस्यहरुको दु:ख निवारण हुने धार्मिक विश्वास छ ।

मुगा जडित गणेशः

मुगा सिंदूर रंगको एक रत्न हो । यसबाट निर्माण गरिएको गणेशको मूर्तिलाई पूजास्थानमा स्थापित गरी नित्य पूजा गर्नाले शत्रुको नास हुने भक्तहरुको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

पन्ना जडित गणेशः

पन्ना पनि एक हरिणे रङको रत्न हो । यसबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा स्थापना गरी विधिपूर्वक पूजा गर्नाले सत्बुद्धि प्राप्ति हुनुका साथै सुख शान्ति र धन प्राप्ति हुने विश्वास गरिन्छ ।

चाँदीको गणेश

जसले धनको इच्छा राख्छ । उसले चाँदीद्वारा निर्माण गरिएको गणेको प्रतिमालाई पूजा गर्नुपर्ने जनाइन्छ । यस्तो प्रकारको प्रतिमा पूजास्थानमा स्थापित गरी पूजा गर्नाले धन-सम्पत्ति प्राप्ति हुने घरमा सुख शान्ति हुने विश्वास गरिन्छ ।

चन्दनद्वारा निर्मित गणेश

पूजामा प्रयोग हुने चन्दन (एक प्रकारको काठ)बाट निर्माण गरिएको भगवान गणेशको प्रतिमा घरमा राखेर पूजा गर्नाले कुनै पनि प्रकारका विपतबाट बच्न सकिने धार्मिक विश्वास छ । यस प्रकोको गणेशको पूजा गर्नाले पारिवारमा सखु–शान्ति छाउने विश्वास गरिन्छ ।

पारद गणेशः

धन-सम्पत्ति प्राप्तिका लागि पारद अर्थात पारोबाट बनेको गणेको प्रतिमा पूजास्थानमा राख्नु उपयुक्त मानिन्छ । यस प्रकारको प्रतिमा घरमा राखेर पूजा गर्नाले तन्त्रको प्रभाव नपर्ने बताइन्छ ।

बाँसुरी बजाउँदै गरेको गणेशः

घरमा झैझगडा तथा विवाद हुन्छ भने बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा राखी पूजा गर्नु उत्तम मानिन्छ । बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा पूजा स्थानमा राखेर विधिपूर्वक पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।

हरियो रंगको गणेशः

हरियो रंगको श्रीगणेशको पूजा गर्नाले ज्ञान र बुद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस्तो प्रकारको गणेश घरमा राखेर विद्यार्थीहरुले नित्य पूजा गर्नु उत्तम मानिन्छ ।

हात्तीमा विराजमा गणेश

यदी कोही धन प्राप्तिको इच्छा राख्दछन् भने हात्तीमा बिराजमान भएको भगवान गणेशको प्रतिमा पूजा कोठामा स्थापना गरी विधिपूर्वक नित्य पूजा गर्नुपर्छ । हात्तीमा विराजमान श्रीगणेशको पूजा गर्नाले पैसा, इज्जत र स्वामिमान वृद्धि हुने धार्मिक विश्वास छ ।

नाच्दै गरेको गणेशः

नाच्दै गरेको भगवान गणेशको प्रतिमा पूजाकोठामा स्थापित गरी पूजा गर्नाले मनमा शान्ति मिल्ने तथा तनावबाट मुक्त भइने धार्मिक विश्वास छ । मनको शान्ति र एकाग्र बन्नको लागि नाच्दै गरेको गणेशको मूर्ति पूजा स्थानमा राख्नु उत्तम मानिन्छ ।

पञ्चमुखी गणेशः

तान्त्रिक क्रिया सिद्दिका लागि पञ्चमुखी गणेश भगवानको पूजा गर्नु उत्तम मानिन्छ । पञ्चमुखी श्रीगणेशको पूजा गर्नाले कुनै पनि तान्त्रिक क्रियामा कुनै पनि बाधा–अडचन नआउने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ५५ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग