खोपका विषयमा आत्म केन्द्रित नबन्न एस्ट्राजेनेकाको आग्रह « Khabarhub

खोपका विषयमा आत्म केन्द्रित नबन्न एस्ट्राजेनेकाको आग्रह


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अक्सफोर्ड विश्वविदालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ ।

एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वर्ल्ड इकोनोमिक फोरम’को विद्युतीय माध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीको लागि वैश्विक तयारीको अभाव रहेको बताए ।

‘कोभिड–१९ विरूद्धको खोपको आगमन विश्वव्यापी खुशी मनाउनको लागि एक आधार हुनसक्दछ तर खोपका लागि आत्म केन्द्रित व्यवहार अनपेक्षित तथा चिन्ताको विषय हो,’ उनले भने, ‘विश्वव्यापी रूपमा भन्नुपर्दा हामी यो महामारीको लागि अझ राम्रो तयारी गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छ ।’

कोरोनाभाइरसले २० लाखभन्दा बढी व्यक्तिको ज्यान लिएको अवस्थामा अन्तर्राष्ट्रिय सहकार्य जरूरी भएको उनले औँल्याए ।

औद्योगिकिकरण भएका विश्वका प्रमुख राष्ट्रहरूले रोकथामका लागि स्वास्थ्य क्षेत्रको मात्रै तीन प्रतिशत रकम खर्चिनु सुखद् नभएको उनले बताए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : ४५ बजे

सर्वोच्चको फैसला : गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, देउवा पक्षको रिट खारेज

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास