टोटेनहम एफए कपको पाँचौँ चरणमा « Khabarhub

टोटेनहम एफए कपको पाँचौँ चरणमा


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

सोमबार राति च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ ले पराजित गर्दै टोटेनहमले पाँचौँ चरणमा स्थान पक्का गरेको हो ।

वान्डरसको मैदानमा एक गोलले पछि परे पनि टोटेनहमले पुनरागमन जित निकालेको हो । खेलको २५औँ मिनेटमा फ्रेडले गोल गर्दै वान्डरसलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ४५औँ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

८६औँ मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए । ८७औँ मिनेटमा टानगाइ एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए ।

९०औँ मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए । टोटेनहमले पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : १५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी