राष्ट्रिय महिला फुटबल लिग : आज दुई खेल हुँदै « Khabarhub

राष्ट्रिय महिला फुटबल लिग : आज दुई खेल हुँदै


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्दैछ ।

यस खेलमा पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पुलिस चार अङ्कसहित तेस्रो स्थानमा छ भने वालिङसँग एक अङ्क छ । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो ।

आज हुने दोस्रो खेलमा विभागीय टोलीहरू एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् ।

यस खेलमा एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि उसले पहिलो खेलमा चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकालाई हराएको थियो ।

एपीएफ दुई खेलमा छ अङ्क जोडेर शीर्ष स्थानमा छ । आर्मी भने समान दुई खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा छ । उसले पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा वालिङलाई हराएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : १५ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न