नेकपाको दाहाल-नेपाल समूह आजदेखि तेस्रो चरणको आन्दोलनमा, दिउँसो सिठ्ठी जुलुस « Khabarhub

नेकपाको दाहाल-नेपाल समूह आजदेखि तेस्रो चरणको आन्दोलनमा, दिउँसो सिठ्ठी जुलुस


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोल सुरू गर्दैछ ।

पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले आज दिउँसो सिठ्ठी जुलुस गर्दै तेस्रो चरणको आन्दोलन थाल्न लागेको हो ।

दिउँसो तीन बजेदेखि लैनचौरबाट सिठ्ठी जुलुस निकालेर जनताको आवाज सुन्न प्रधानमन्त्री ओलीलाई दबाब दिन लागिएको दाहाल-नेपालनिकट अनेरास्विवियुका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ । संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल-नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने छन्।

बुधबारदेखि २१ गतेसम्म भने संविधानसभा सदस्य, संघीय तथा प्रदेश सदस्यहरूले माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

दाहाल-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा र्‍याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ ।

प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले पुस १४ गतेदेखि सडक संघर्ष गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ८ : ४२ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा

आईपीएल क्रिकेट : दिल्लीविरुद्ध कोलकाताको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको म्याग्दीको दोभान

म्याग्दी– वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण