संसद् विघटनको सरकारी कदमविरूद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने द्विविधामा कांग्रेस « Khabarhub

संसद् विघटनको सरकारी कदमविरूद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने द्विविधामा कांग्रेस

आज कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा वर्तमान राजनीतिक विषयमा छलफल हुनेछ। आजको बैठकले संसद् विघटनको सरकारी कदमकाविरूद्ध कांग्रेसले चाल्ने कदमका विषयमा निर्णय लिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।

साथै बैठकमा प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव, पार्टीको संगठन समायोजन र १४औं महाधिवेशनबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।

गत पुस ७ गते सुरु कांग्रेसको केन्द्रीय समिति बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरिसकेको छ। तर पनि कांग्रेसले संसद् पुर्स्थापनाबारे बोलेको छैन। साथै संसद् विघटनविरुद्ध आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खिने भन्नेमा पनि कांग्रेस द्विविधामा छ।

सभापति शेरबहादुर देउवा संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिल्यै आन्दोलनमा जान उपयुक्त नहुने बताइरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता भने आन्दोलनमा जानुपर्ने पक्षमा छन्।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहँदा कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ गतेपछि पटकपटक स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ०५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था