८० वर्षीया वृद्धाको ३५ वर्षे पुरुषसँग विवाह ! बोल्न छाडे नातिनातिना « Khabarhub

८० वर्षीया वृद्धाको ३५ वर्षे पुरुषसँग विवाह ! बोल्न छाडे नातिनातिना


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनाइ नै छ, प्रेम अन्धो हुन्छ । प्रेममा उमेर, जातपात, धर्म, धनी गरिब, कालो गोरो केहीले असर पार्दैन । प्रेमले कुनै पनि बन्देज तोड्न सक्छ । यसैको पछिल्लो उदाहरण बनेको छ, बेलायतको एक विवाह । जहाँ ८० वर्षीया एक वृद्धाले आफूभन्दा ४५ वर्षकान्छा अर्थात ३५ वर्षीय युवकसँग विवाह गरेकी छन् ।

बेलायत निवासी आइरिस जोन्स नामक वृद्धा महिलाको इजिप्ट निवासी ३५ वर्षीय युवक मोहम्मद इब्राहिमसँग फेसबुकबाट चिनजान भयो । दुबैमा घण्टौसम्म कुराकानी हुन थाल्यो । लामो समयदेखिको कुराकानीपछि इब्राहिमले आइरिसलाई प्रेमको प्रस्ताव राखे । यसैबीच आइरिस इब्राहिमलाई भेट्न इजिप्ट पुगिन् ।

भेटपछि अन्ततः आइरिस र इब्राहिमले गोप्य रुपमा विवाह गरे । विवाहपछि धेरैले इब्राहिमले आइरिससँग धनसम्पतीकालागी विवाह गरेको टिप्पणी गरेका छन् । तर इब्राहिमले भने उनले आइरिसलाई धनकालागी नभई प्रेमले नै विवाह गरेको बताएका छन् । आइरिसले श्रीमान इब्राहिमको धर्म मुस्लिम धर्म स्वीकार गरेकी छन् । यी दुबैको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

विवाहपछि आइरिस एक रियालीटी शोमा समेत भाग लिएकी थिइन् । जहाँ उनले आफ्नो यौन जीवनका बारेमा खुलेर कुरा गरिन । उनका अनुसार हनीमुनपछि उनका छोराछोरी र नातीनातीनाले उनसँग कुराकानी गर्न बन्द गरेका छन् । आजकल आइरिस आफ्नो श्रीमान इब्राहिमको साथमा इजिप्टमा बस्दै आएकी छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १० : २५ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई