घाँसदाउरा गर्नेलाई वन संरक्षणको पाठशाला « Khabarhub

घाँसदाउरा गर्नेलाई वन संरक्षणको पाठशाला


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान शुरु गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले अभियान सञ्चालन गरेको हो ।

अभियानका संयोजक अपिल घिमिरेका अनुसार चितवन जिल्लाभित्र पर्ने मध्यवर्तीका क्षेत्रमा संरक्षण पाठशाला सञ्चालन थालिएको छ । विभिन्न ठाउँमा गरेर ३२ कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । शुक्रबारदेखि पाठशाला शुरु गरिएको हो । पुसको अन्तिम साता पाठशाला अभियानको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले शुभारम्भ गरेका थिए ।

घिमिरेका अनुसार विषय विज्ञहरुले पाठशालामा सहजीकरण गर्नेछन् । उनले भने, “वन्यजन्तुको आक्रमणबाट मध्यवर्तीका बासिन्दालाई जोगाउनु पाठशालाको मुख्य उद्देश्य हो ।” वनमा घाँस दाउरा गर्न जाँदा वन्यजन्तुसँग कसरी जोगिने भन्नेबारेमा पाठशालामा सिकाइने छ । कुन वन्यजन्तुले कस्तो अवस्थामा कसरी आक्रमण गर्छ भन्नेबारे सिकाइएको छ ।

दुर्लभ र हिंस्रक वन्यजन्तु बाघ, गैँडाजस्ता जनावरबाट जोगिनका लागि ती जनावरसम्बन्धी अध्ययन गरेका विज्ञहरुले बच्ने उपायका बारेमा सिकाइरहेका छन् ।
पाठशालामा वन्यजन्तुको आनीबानी, बासस्थान, हिँडडुल, बाटोलगायतका बारेमा जानकारी दिइन्छ । एउटा कक्षमा ४० जना हाराहारी रहने अपेक्षा गरिएको छ । स्थानीय र विषयविज्ञको समय अनुकूल बनाएर कक्षा सञ्चालन गर्दै आइएको छ । नदी र जङ्गलमा आश्रित समुदायमा बढी मानवीय क्षति भएकाले यसको न्यूनीकरण गर्न पाठशाला शुरु गरिएको घिमिरेको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्दै मानवीय क्षति कम गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले समुदायस्तरमा गरिने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । अभियानले स्थानीय बासिन्दालाई वन्यजन्तुबाट जोगाउनुका साथै वन र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । बरालले पछिल्लो समय दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको चोरी शिकारी बढेसँगै निकुञ्ज प्रशासनले मध्यवर्तीका बासिन्दासँग नियमित छलफलसँगै संरक्षण शिक्षाका कार्यक्रम अरु बढाएको बताए ।

निकुञ्जमा घाँस दाउरा गर्न जाँदा बर्सेनि धेरै सङ्ख्यामा सर्वसाधारणको ज्यान जानुका साथै घाइते हुने गरेका छन् । मध्यवर्ती क्षेत्र र स्थानीयवासीको खेतबारीमा पनि वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु हुने गरेको छ । वन्यजन्तुको आक्रमण भएसँगै स्थानीय आक्रोशित हुने र संरक्षणमा बाधा पुग्ने भएकाले पाठशाला सञ्चालन गरिएको संयोजक घिमिरेले बताए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ५६ बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ