सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट « Khabarhub

सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको भैरवी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् ।

दैलेखको माथिल्लो डङ्गेश्वर, दुल्लु, डाँडमाडी, ब्याउली हुँदै कालीकोटको सेरी पान्तडी सडकअन्तर्गत यी दुई जिल्ला सडक सञ्जालले जोडिएको हो ।

सुर्खेतको वीरेन्द्रनगर, दैलेखको माथिल्लो डुङ्गेश्वर, बैंकमालिका, दुल्लु कुसापानी ब्याउली हुँदै कालीकोटको शुभकालिका–६ को मेहेले लेक, सेरी पान्तडीकाट जुम्ला, मुगु हुँदै नेपालको उत्तरी नाका चीनसम्म यो सडक निर्माण गर्ने लक्ष्य राखिएको छ ।

सो सडकखण्डको पहिलो चरणअन्तर्गत कालीकोट सीमासम्म सडक निर्माण भएको दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।

‘दैलेखको तल्लो डुङ्गेश्वरबाट कालीकोटको सेरी पान्तडीको कर्णाली राजमार्गमा गएर यो सडक जोडिने छ’, उनले भने, “५६ किलोमिटर लम्वाइ रहेको यो सडक निर्माण भए नेपालको उत्तरी सीमा चीन जोडिनका लागि छोटो सडक सञ्जाल हुनेछ ।’

दैलेख सडकखण्डको काम पूरा भएर कालीकोटको सीमासम्म सडक सञ्जाल छोइसकेको कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागार्इंले बताए ।

‘कालीकोट सडकखण्डको निर्माणका लागि ठेक्का भइसकेको छ’, उनले भने, ‘वैशाखसम्म यो सडकखण्डको पूर्ण ट्र्याक खुल्नेछ ।’

सडक निर्माणले सुर्खेत वीरेन्द्रनगरबाट मुगुको रारा ताल, जुम्ला पुग्नका लागि उत्तरी छिमेकी चीन जोड्ने छोटो मार्ग हुने दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष बुढाले जानकारी दिए ।

‘यो पुरानो बाटो हिँड्ने मार्ग पनि हो’, उनले भने, ‘यही बाटो भएर दैलेख, कालीकोट, जुम्ला, मुगु र हुम्लाका बासिन्दाले सुर्खेत वीरेन्द्रनगर र बाँकेको नेपालगञ्जसम्म जाने गरेका थिए ।’

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १ : १० बजे

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी