हुम्लाका विद्यालय माघ १५ देखि खुल्दै | Khabarhub Khabarhub

हुम्लाका विद्यालय माघ १५ देखि खुल्दै


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् ।

तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन् । तीमध्ये सिमकोटमा २८, सर्केगाडमा ३२ र ताँजाकोट गाउँपालिकामा १७ विद्यालय छन् ।

गाउँ कार्यपालिकाको निर्णय अनुसार कोरोना सङ्क्रमणको त्रास कम भएका कारण यहाँका सबै विद्यालय माघ १५ गतेबाट सुचारु हुन लागेका हुन् ।

ताँजाकोट गाउँपालिकाका चार माध्यामिक र १३ आधारभूत विद्यालय गरी कूल १७ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।

गाउँ कार्यपालिकाले विद्यालयमा पठनपाठन शुरु गर्ने निर्णय गरेसँगै गाउँपालिकाका कार्यालयले सबै विद्यालयलाई पठनपाठनको तयारी गर्न पत्राचार गरिसकेको उनले बताए । कोरोना सङ्क्रमण विरुद्धका सामग्री भने गाउँपालिकाले सहयोग गर्ने भएको छ ।

कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए ।

अन्य सबै काम गर्न हुने तर विद्यालय बन्द गरिरहनु उपयुक्त नदेखिएको कारण पठनपाठन सुचारु गर्ने निर्णय भएको हो ।

सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेबाट पठनपाठन सुचारु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

सिमकोट गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले अब पठनपाठन शुरु गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमण त्रास कम भएको र अन्यत्र सबैतिरका विद्यालयमा पठनपाठन सुचारु भएको बेला सिमकोट गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन गर्ने निर्णय स्वागतयोग्य भएको अविभावकको भनाइ छ ।

यो समय हुम्लाका विद्यालयमा हिँउदे बिदा हुने समय हो । तर यस वर्ष कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भएदेखि नै पठनपाठन नभएको र हाल कोरोनाको त्रास कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठनपाठन सुचारु गर्ने निर्णय भएको हो।

सिमकोट गाउँपालिकामा सामुदायिक र संस्थागत गरी २८ विद्यालय रहेका छन् । पठनपाठन सुचारु हुने विद्यालयलाई सेनिटाइटर र मास्कको व्यवस्था पनि गरिने भएको छ ।

गत साउन र कात्तिक महिनामा हुम्लाका विद्यालयमा पठनपाठन शुरु भएको भए पनि कोरोना सङ्क्रमित देखिएपछि बन्द भएका थिए ।

यसअघि पुस १५ बाट अदानचुली गाउँपालिकाका २१ विद्यालयमा पठनपाठन सुचारु भइसकेको छ । अब नाम्खा, खार्पुनाथ, चङ्खेली र ताँजाकोट गाउँपालिकाका विद्यालयमा पठनपाठन हुन बाँकी छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  २ : १० बजे

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।