ओरियन्सको कारोवारमा धक्का, ३ करोडको समान बरामद « Khabarhub

ओरियन्सको कारोवारमा धक्का, ३ करोडको समान बरामद



झापा– नेटवर्किङ् व्यापारको रुपमा कारोवार गर्दै आएको ओरियन्स कम्पनीका विभिन्न उत्पादन झापा प्रहरीले बरामद गरेको छ । बरामद समान ३ करोड रुपैयाँ बराबरका रहेका छन् ।

सो मध्ये ८७ लाख २६ हजार ५ सय २० रुपैयाँको मात्र बिल पाईएकाले राजश्व छलीको आशंकामा प्रहरीले बरामद गरेको जनाएको छ ।

झापाको दमक– ६ मा रहेको कम्पनीको गोदामनै प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौको बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिबाट केही परिमाणका वस्तु खरिद गरेको र अन्य बस्तु भन्सार तथा राजश्व छली गरी ल्याईएको आशंकामा प्रहरीले ती समान बरामद गरेको हो ।

दमक ६ का जितेन्द्र शाहले ती समान गोदाम गरी राखिएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

पक्राउ परेको व्यक्तिसहित समान थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइने प्रहरीले जनाएको छ ।

३४ प्रकारका समान
प्रहरीले नियन्त्रणमा लिएका समान ३४ प्रकारका छन् । ती मध्ये २२ प्रकारका समानमा राजश्व छली भएको पाइएको प्रहरीले जनाएको छ । १२ प्रकारका समानको भने बिल पाइएको छ ।

प्राप्त बिलसमेत कानून सम्मत् भए नभएको यकिन नभएकाले थप अनुसन्धान आवश्यक रहेको उपरीक्षक भट्टराईको भनाइ छ ।

डिटक्सी वान, अर्थोवेष्ट, ओ मोरिङ्गा, टोटल एन्टीअक्सिडेन्ट, फ्रुट फाईबर, डाईकेयर, डी लिपो, तुल्सी ड्रप जस्ता नाम गरेका २२ प्रकारका समानमा राजश्व छलीको आशंका गरिएको हो ।

खाद्य परिपुरक भनिएका ती समानको औषधीय गुण तथा कानूनी व्यवस्थाका बारेमा भने औषधी व्यवस्था विभागमार्फत छानविन र अध्ययन हुने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : ०८ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९