सक्कली माओवादीहरु पार्टी एकताकै पक्षमा छन् : मन्त्री साह « Khabarhub

सक्कली माओवादीहरु पार्टी एकताकै पक्षमा छन् : मन्त्री साह


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले सक्कली माओवादीहरु पार्टी एकताको पक्षमै रहेको बताएका छन् ।

मंगलबार सप्तरीको राजविराजमा नेकपाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश अध्यक्ष समेत रहेका नेता साहले माओवादी एजेन्डा र विरासतको रक्षा गर्दै आफूहरु निरन्तर पार्टी एकताको पक्षमा उभिएको बताए ।

उनले केही निश्चित व्यक्तिले माओवादको व्यापार मात्र गरेको र स्वार्थपूर्तिका लागि जे पनि गर्दै आएको आरोप लगाए । ती नेताहरुले माओवादी विचार, विरासत, मुद्दा र महान शहीदहरुको सपनासमेतको व्यापार गरेको उनले आरोप लगाए ।

महान शहीद रामवृक्ष यादवको शालिक तोड्ने, जनमुक्ति सेनाको तलब सुविधाको रकममा भ्रष्टाचार गर्ने, माओवादी आन्दोलनलाई व्यापार गर्नेहरूलाई समयमै राम्ररी चिन्न उनले आग्रह गरे ।

“तपाईंहरुलाई थाहा छ, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको थियो । अहिले तपाइँहरु हेर्दै हुनुहुन्छ आफूलाई ठेकेदार ठान्ने केही माओवादीहरु आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको लागि पार्टी एकता भाँड्न उद्दत छन् ।” नेता साहले भने, “कोही भ्रममा नपर्नुस्, सक्कली माओवादीहरु पार्टी एकताकै पक्षमा छन् । कोही कमरेड विचलित नहुन आग्रह गर्दछु ।”

“यहाँ एकथरी छन्, जो आफूलाई माओवादी भन्छन् तर शहीद रामवृक्ष यादवको शालिक भत्काउछन् । म विचार गर्न भन्न चाहन्छु, कमरेड रामवृक्षको शालिक भत्काउने माओवादी हुन् कि रामवृक्षको नाममा क्याम्पस बनाउने ? जनमुक्ति सेनाको नाममा आएको पैसामा पनि भ्रष्टाचार गर्ने माओवादी हुन् कि जनमुक्ति सेनाको उपचार गर्ने ? माओवादी आन्दोलनलाई स्वार्थमा बेच्नेहरू असली हो कि माओवादी विरासतको रक्षा गर्नेहरू ? माओवादी मुद्दा र पहिचानको व्यापार गर्ने माओवादी हो कि एजेन्डाका लागि निरन्तर लड्ने ?” नेता साहले भने, “परिवर्तनका लागि लड्नेहरु आज पनि पार्टी एकताको पक्षमा छौँ । तर केही धोखेबाज र गद्दारहरु पार्टी र आन्दोलन भाँड्ने अभियानमा छन् । ”

कार्यक्रममा उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य इश्वर पोखरेल, नेकपा स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश सचिव सुमन प्याकुरेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोलगायतको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : २८ बजे

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित

बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने

मकवानपुर– आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ