हलिउडको ‘सेयरिङ ए राइड’मा अञ्जली लामा « Khabarhub

हलिउडको ‘सेयरिङ ए राइड’मा अञ्जली लामा


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडमा निर्माण हुने एक महिला प्रधान फिल्ममा नेपालकी ट्रान्सजेण्डर मोडल अञ्जली लामाले अभिनय गर्ने भएकी छन् ।

हलिउडका ६ महिला निर्देशकले निर्देशन गर्ने ६ कथाको फिल्ममध्ये एक फिल्ममा अञ्जलीको अभिनय रहनेछ ।

समाचारअनुसार अञ्जलीले लीना यादवको सर्ट फिल्म ‘सेयरिङ ए राइड’मा अभिनय गर्नेछिन् । यो फिल्ममा बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिजको पनि अभिनय रहनेछ । यी महिला निर्देशकका फिल्ममा ड्रामा, कमेडी र एनिमेसन फ्लेभर हुनेछन् ।

लीनाले ‘पार्चड’, ‘राजमा चावल’ र ‘तीन पत्ती’ जस्ता फिल्म निर्देशन गरिसकेकी छन् । महिला समूहमा कारा डेलेविङ्गने, ईवा लोंगोरिया, मार्गरिटा बोय, लियोनोर वरेला र मार्सिया गे हार्डेन पनि छन् । यी फिल्महरु इटली, भारत र अमेरिकामा छायांकन हुनेछन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ४० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’