कमाईसँगै खर्चमा खप्पिस प्रभाष « Khabarhub

कमाईसँगै खर्चमा खप्पिस प्रभाष


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता प्रभाष पर्दामा मात्र ‘बाहुबली’ छैनन्, वास्तविक जीवनमा पनि उनको कार्यशैली बाहुबलीकै जस्तो छ । यी अभिनेता ‘लार्जर देन लाइफ’ जिन्दगी बिताउछन् । उनी वर्षमा जति कमाई गर्छन्, त्यसकै अनुपातमा उनको खर्च पनि उत्तिकै छ ।

प्रभाषले सन् २०१९ मा कुल ३५ करोड कमाएका थिए । उनको कमाईको यो आँकडा फोब्र्स पत्रिकाद्वारा जारी गरिएको हो । पत्रिकाका अनुसार सन् २०१९ मा सर्वाधिक कमाएका सय सेलिब्रेटीको सूचीमा प्रभाष ४४ औं नम्बरमा थिए । यही वर्षमा प्रभाष अभिनित फिल्म ‘साहो’ रिलिज भएको थियो । फिल्मको ओपनिङ बम्पर थियो । पहिलो दिन नै फिल्मले १ सय ३० करोडको कमाई गरेको थियो । यही फिल्मपछि फोर्ब्सले सूची जारी गरेको हो ।

प्रभाष तेलुगू फिल्म उद्योगको महंगा अभिनेतामध्ये एक हुन् । उनी कमाईसँगै खर्च पनि राम्रै गर्छन् । हैदराबादमा उनको करिब ६० करोड मूल्य बराबरको फार्म हाउस छ । यो फार्म हाउस जुबली हिल्समा छ । जहाँ बगैचा, खेल मैदान, जिम र स्वीमिङ पुलसहित बिलासी सुविधा उपलब्ध छन् ।

फिल्म ‘बाहुबली’ गर्नका लागि प्रभाषलाई २० किलो भन्दा बढी तौल बढाउनुपर्ने थियो । यो उनका लागि सजिलो थिएन । त्यसका लागि उनलाई घरमा नै जिम सुविधा आवश्यक पर्दथ्यो । त्यहीकारण उनले करिब डेढ करोड खर्च गरेर घरमै जिमको सेटअप गराए ।

फिल्म ‘बाहुबली’ अघि प्रभाषको तौल ८२ किलो थियो र केही महिनामा त्यो तौल बढाएर उनले १ सय २ पु¥याए । त्यसका लागि उनले घरमै डाइटसँगै जिम सुविधा पनि लिए ।

कामको कुरा गर्दा यो वर्ष प्रभाषको फिल्म ‘राधे श्याम’ रिलिज हुँदैछ । यसमा प्रभाषसँगै पूजा हेगडे देखिदैछिन् । यो फिल्मबाहेक बलिउड अभिनेत्री दीपिका पादुकोणका साथ प्रभाषको फिल्म ‘महाभारत’ आउदैछ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : ३८ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा