प्रधानमन्त्रीले भने : ‘माउन्ट केटु’ म पनि जान पाएको भए… « Khabarhub

प्रधानमन्त्रीले भने : ‘माउन्ट केटु’ म पनि जान पाएको भए…


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्यौली पारामा हिमाल आरोहण जोखिमपूर्ण भएको र जो कोहीले आरोहण गर्न नसक्ने जनाउँदै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताए ।

उनले भने, “आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो, १० जनामा ११ हुन्थ्यो, प्रधानमन्त्री नै आरोहणमा गएपछि अझ बढी धुमधाम हुन्थ्यो होला, त्यो दुस्साहस आफूले गरेको भए फर्केर न आउने थिए होला ।”

प्रधानमन्त्री ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यका तर्फबाट उचित सहयोग गरिने वचन दिए ।

“यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस्, धेरै नसकौँला, गच्छेअनुसार सहयोग गर्न सरकार तत्पर छ”, उनले भने ।

जीवनकै जोखिम मोलेर विश्वकै कठिन हिमालको सफल आरोहण गरी फर्केका आरोहीको स्वागत तथा सम्मान गर्दै उनले आरोहणले देशको पहिचानलाई बढाउनाका साथै नेपाल साँच्चिकै बहादुरहरुको देश भएको पुष्टि गरेको बताए ।

सबै पर्वतारोही साहसका प्रतीक हुन् भन्दै प्रधानमन्त्री ओलीले असाधारण साहसका साथ आरोहीले देखाएको बहादुरीपूर्ण कार्यको प्रशंसा गरे ।

“निकै मेहनत र परिश्रमका साथ केटूजस्तो कठिन हिमाल आरोहण सफलता प्राप्त गर्नु देश र सरकारकै तर्फबाट हार्दिक स्वागत र बधाई ज्ञापन गर्दछु, तपाईंहरुको यो साँच्चिकै प्रशंसायोग्य काम हो”, उनले भने ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : ४८ बजे

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त