सामाजिक सञ्जालमा भाइरल अर्जुन जबरजस्ती करणी र अपहरणको अभियोगमा पक्राउ | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा भाइरल अर्जुन जबरजस्ती करणी र अपहरणको अभियोगमा पक्राउ


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि भाइरल बनेका अर्जुन बिक पक्राउ परेका छन् ।

उनलाई जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौंबाट पक्राउ गरेर कैलाली लगिएको हो ।

अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो ।

१३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका १० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : ५७ बजे

मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : प्रचण्ड 

सिरहा– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताले

कान्ति बाल अस्पताल स्तरोन्नतिका लागि सहयोगको अपिल 

काठमाडौं– कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा विस्तार गर्ने कार्यमा

भूमिसम्बन्धी अध्यादेश देशको अहितमा छ : प्रवक्ता सुमन

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले सरकारले भूमिसम्बन्धी

सरकारलाई भानुभक्त जोशीको सुझाव- दल विभाजनतर्फ नलागौँ

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य भानुभक्त

पत्रकार वरुण पनेरुले गरे तीन विद्यालयमा छात्रवृत्ति कोष स्थापना

डडेल्धुरा– डडेल्धुराका पत्रकार वरुण पनेरुले तीन विद्यालयमा छात्रवृत्ति कोष स्थापना