कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ गण्डकीको तीन जिल्लामा पुग्यो « Khabarhub

कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ गण्डकीको तीन जिल्लामा पुग्यो


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप मंगलबार गण्डकी प्रदेशको तीन जिल्लामा पुगेको छ ।

बुधबारदेखि खोप लगाउने शुरु गरिने गरी तनहुँ, गोरखा र नवलपुरलाई कोभिसिल्ड भ्याक्सिन हस्तान्तरण गरिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका कोल्ड चेन निरीक्षक हिमलाल सुवेदीले जानकारी दिए ।

नवलपरासीपूर्व लागि पठाएको जम्मा १ सय १७ एम्पुल कोभिसिल्ड भ्याक्सिन देवचुली नगरपालिकास्थित दुम्कौली स्वास्थ्य चौकीमा स्टोर गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले जानकारी दिए ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका कोल्ड चेन निरीक्षक सुवेदीले जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई खोपको प्याकेट हस्तान्तरण गरेका थिए ।

जिल्लामा १ हजार ५२ जनालाई पहिलो चरणमा दिइने खोपको मात्रा १ सय १७ भाइलमा प्रति भाइल १० जनाको अनुपातमा १ हजार १ सय ७० डोज मात्रा प्राप्त भएको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले जानकारी दिए ।

चापागाइँकाअनुसार बुधबार कावासोतीस्थित मध्यबिन्दु जिल्ला अस्पतालबाट पहिलो चरणमा खोपको पहिलो मात्रा दिन शुरु गरिनेछ ।

बुधबारबाट सरकारको मापदण्डमा परेका पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईका कर्मचारीलाई  खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोपको पहिलो मात्रा दिएको १ महिनामा पुनः अर्को मात्रा दिनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि पर्वत, बागलुङ र म्याग्दीका लागि सोमबार नै खोप पठाइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले बताए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : २९ बजे

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति

म्याग्दी– मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने

विश्वकपमा मेसीको ह्याट्रिकले रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल