काठमाडौँ– महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १० कित्ता आइपीओ हात पारेका छन् ।
यस्तै लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँट गरिएको छ । त्यसैगरी सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको छ ।
उक्त आईपीओ लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसारमा शुक्रबार बिहान ८ बजे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँट गरिएको हो ।
लघुवित्तमै हालसम्मकै धेरै भरिएको आईपीओ सीमित संख्यामा निष्काशन भएको थियो । उच्च आवेदनका कारण जम्मा साढे २ प्रतिशत आवेदकले मात्रै आईपीओ पाएका हुन् ।
आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको थियो भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध भएका थिए ।
लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो ।
प्रतिक्रिया