महिला लघुवित्तको आईपीओ बाँडफाँट, साढे २ प्रतिशतले मात्र पाए आईपीओ « Khabarhub

महिला लघुवित्तको आईपीओ बाँडफाँट, साढे २ प्रतिशतले मात्र पाए आईपीओ


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १० कित्ता आइपीओ हात पारेका छन् ।

यस्तै लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँट गरिएको छ । त्यसैगरी सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको छ ।

उक्त आईपीओ लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसारमा शुक्रबार बिहान ८ बजे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँट गरिएको हो ।

लघुवित्तमै हालसम्मकै धेरै भरिएको आईपीओ सीमित संख्यामा निष्काशन भएको थियो । उच्च आवेदनका कारण जम्मा साढे २ प्रतिशत आवेदकले मात्रै आईपीओ पाएका हुन् ।

आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको थियो भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध भएका थिए ।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : १५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्