मलेसियामा कोरोनाविरुद्धको खोप शुरू « Khabarhub

मलेसियामा कोरोनाविरुद्धको खोप शुरू


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको मलेसियामा पनि फाइजर बायोएनटेकले कम्पनीले उत्पादन कोरोनाविरूद्धको खोप शुरू भएको छ ।

खोप पहिलो डोज लगाउदै मलेसियाका प्रधानमन्त्री हियाद्दिन यासिनले सबैलाई कोरोनाविरूद्धको खोप लगाउन आह्वान गर्दै आफूलाई खोप लगाएको बेलामा कुनै अप्ठ्यारो नभएको भन्दै कसैलाई पनि नआत्तिन र स्वाभाविक रुपमा खोप लगाउन अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीसँगै स्वास्थ्य मन्त्रालयका निर्देशक डाक्टर नुर हिसाम अब्दुलाह तथा स्वास्थ्य मन्त्रालयका अन्य कर्मचारीहरुले पनि खोपको पहिलो डोज लगाएका छन्।

मलेसियाले नेपालीसहित अन्य विदेशी श्रमिकहरुलाई कोरोनाविरुद्दको खोप निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ । यो खोप त्यहाँ अबैधानिक तरिकाले बसेकालाई पनि उपलब्ध हुनेछ ।

मलेसिया सरकारले आफ्नो सुरक्षा गरौँ, सबैलाई सुरक्षित बनाउँ अभियान अन्तर्गत आफ्नो मुलुकमा कार्यरत विदेशी श्रमिकलाई खोप दिने मलेसियाका सरकारी अधिकारीले बताएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ११ : १७ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६