फिल्मका यी सुन्दर भिलेन अभिनेत्री « Khabarhub

फिल्मका यी सुन्दर भिलेन अभिनेत्री


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगूबाई काठियावाडी’को टिजर रिलिज पछि बलिउडमा चासोको विषय बनेकी छन् । फिल्ममा उनले एक लेडी माफियाको भूमिका निभाएकी छन् । फिल्ममा आलियाको लुक निकै दमदार देखिन्छ र तमाम टेलिभिजन स्टारले आलियाको कामको खुलेर तारिफ गरेका छन् ।

आलिया भन्दा अघि धेरै अभिनेत्रीहरुले पर्दामा भिलेन चरित्र निर्वाह गरिसकेका छन् । आजतकले ती अभिनेत्रीहरुको बारेमा एउटा समाचार तयार पारेको छ ।

अभिनेत्री सीमा विश्वासले सन् १९९६ मा रिलिज भएको फिल्म ‘बैंडिट क्विन’मा फूलन देवीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनको काम र भूमिकाले निकै चर्चा पाएको थियो । शेखर कपूर निर्देशित फिल्म सुपरहिट भएको थियो ।

अभिनेत्री शबाना आजमी सन् १९९९ मा रिलिज फिल्म ‘गडमदर’मा रंभीको भूमिकामा देखिएकी थिइन् । विनय शुक्ला निर्देशित फिल्ममा उनको भिलेन चरित्रलाई दर्शकले निकै रुचाएका थिए ।

अभिनेत्री इशा कोपिकरले सन् २०१० मा रिलिज फिल्म ‘शबरी’मा महिला ग्याङस्टारको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा केही हत्यारासँग बदला लिन ग्याङस्टर बनेकी एक महिलाको कथा देखाइएको थियो ।

अभिनेत्री मधु शालिनीले राम गोपाल बर्माको फिल्म ‘डिपार्टमेन्ट’मा ग्रे शेडको भूमिका निर्वाह गरेकी थिइन् । फिल्मले बक्सअफिसमा र समीक्षकमाझ खासै राम्रो चर्चा पाउन सकेन ।

सन् १९८८ मा रिलिज फिल्म ‘शेरनी’मा दिवंगत अभिनेत्री श्रीदेवीले भिलेन चरित्र निर्वाह गरेकी थिइन् । शत्रुघ्न सिन्हा स्टारर फिल्ममा श्रीदेवीले एक डकैत बनेकी थिइन् ।

फिल्म ‘गुलाब ग्याङ’मा बलिउडकी ‘धक धक गर्ल’का रुपमा परिचित अभिनेत्री माधुरी दिक्षित भिलेन बनेकी थिइन् । उनको चरित्रलाई धेरैले मनपराएका थिए ।

सन् २०१७ मा रिलिज फिल्म ‘हसीना पार्कर’मा अभिनेत्री श्रद्धा कपुर भिलेन गेटअपमा देखिइन् । फिल्ममा उनले दाऊद इब्राहिमको बहिनी हसिना पार्करको भूमिका निभाएकी थिइन् । फिल्म आफ्नो कथाबस्तु र श्रद्धाको चरित्रका लागि चर्चामा रह्यो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ११ : ५५ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि