कोभिसिल्ड : प्रभावकारिता बढाउन दोस्रो खोप अनिवार्य ! « Khabarhub

कोभिसिल्ड : प्रभावकारिता बढाउन दोस्रो खोप अनिवार्य !


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा गत पुस १४ गते कोभिड विरुद्ध पहिलो चरणको खोप लगाउन शुरू भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ दिन अर्थात् यही बुधबारसम्ममा देशभर ४ लाख २८ हजार जनाले खोप लगाइसकेका छन् ।

हामीमध्ये कतिपयले कोभिड विरुद्धको पहिलो डोज लगाइसक्यौँ । सामाजिक सञ्जालमा कोभिसिल्डको निकै चर्चा पनि भयो ।

खोप लगाइसकेपछि धेरैलाई विभिन्न लक्षण देखिए । खोप लगाएको भाग सुनिने, दुख्ने, रातो हुने, टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्ने र जोर्नी दुख्नेजस्ता समस्या देखिएको भन्दै धेरैले गुनासो गुनासो गरे।

कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप यही फागुन २३ गते शुरू हुँदैछ । यसअघि सरकारले पहिलो डोज लगाएको चार हप्तामा दोस्रो डोज लगाउने भनेको थियो ।

गत शनिबार ‘कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समिति’ले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिन मन्त्रालयलाई सुझाव दिएको थियो ।

स्वास्थ्य मन्त्रालयले समितिको सल्लाहअनुसार नै दोस्रो खोप दिने निर्णय गरेको छ ।

प्रभावकारिता बढ्छ

दोस्रो खोप ८ देखि १२ हप्तासम्ममा लगाउँदा प्रभावकारिता बढ्ने विशेषज्ञको भनाइ छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हामीले प्रयोग गरिरहेको कोभिसिल्डको दोस्रो खोप २८ दिन अथवा चार हप्तामा लगाउने भनिएकोमा ८ देखि १२ हप्तासम्ममा लगाउँदा खोपको प्रभावकारिता अझै बढ्ने देखिएको छ ।

कतिपयमा पहिलो खोप लगाउँदा देखिएका सामान्य समस्याका कारण दोस्रो खोप लगाउने कि नलगाउने अन्योल पनि देखिएको छ । डा. पुन भन्छन्, ‘दुई पटक लगाएर अनुसन्धान गरिएको छ । दुई पटक लगाउँदा हामीलाई पूर्णतया प्रतिरक्षा गर्छ भनिएको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन दोस्रो खोप अनिवार्य लगाउनुपर्छ ।’

उनका अनुसार एक खोप मात्र लगाउँदा पनि हाम्रो शरीरमा प्रतिक्रिया जनााउला, विस्तारै एनटिबडीहरू बढाउला तर दोस्रो खोप लगाएपछि पूर्ण हुन्छ ।

डा. पुन भन्छन्, ‘कोभिड निको भइसकेका व्यक्तिमा एउटै डोजले पनि राम्रो एन्टिबडी बनाउँछ तर त्यो कति लामो समयसम्म रहन्छ भन्ने थाहा छैन, विज्ञहरू यसबारे अनुसन्धान गरिरहेकै छन् ।’

दोस्रो खोपपछि कति सुरक्षित !

कोभिड भ्याक्सिन आपतकालीन प्रयोगका लागि हो । डा. पुनका अनुसार दोस्रो खोप लगाएपछि लामो समयसम्म सुरक्षा दिने विश्वास गरिएको छ ।

हाल नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड खोप अक्र्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेका कम्पनीले विकास गरेका हुन् । त्यही खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।

भारतले नेपाललाई अनुदान गरेको दश लाख कोभिसिल्ड खोप पनि त्यही हो । नेपालले भारतसँग किनेको थप २० लाख खोप पनि आइपुगेको छ ।

डा. पुनका अनुसार केही अध्ययनले दोस्रो खोप लगाएपछि ८० प्रतिशतसम्म सुरक्षित हुने कुरा उल्लेख गरेका छन् । कोरोना संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने सम्भावना कम हुन्छ भनिएको छ । खोप लगाएपछि कहिल्यै पनि कोभिड हुँदैन भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

खोप लगाइसकेपछि पनि स्वास्थ्य मापदण्ड पालना गरिरहन उनको सुझाव छ ।

दोस्रो खोपमा कस्तो लक्षण देखिएला !

धेरैलाई पहिलो खोप लगाउँदा सामान्य लक्षणहरू देखिए । ‘शरीरमा सुई हानेर ज्वरो नै निकालियो’ भन्दै कतिपयले सामाजिक सञ्जालमा लेखे ।

दोस्रो खोप लगाउँदा कस्तो समस्या देखिएला ? डा. पुन भन्छन्, ‘पहिलो डोज लगाउँदा कतिपयले रातभर सुत्नै नसकेको भन्दै गुनासो पनि गरेका थिए तर दोस्रो डोज लगाउँदा पनि त्यस्तै लक्षण देखिन्छ भन्ने छैन । सबैलाई एउटै समस्या देखिँदैन ।’ ढुक्क भएर खोप लगाउन उनको सुझाब छ ।

डा. पुनका अनुसार कोभिसिल्डको पहिलो डोज लगाउँदा एक जना व्यक्तिलाई ४८ घण्टामा उच्च ज्वरो आएको र दोस्रो डोज लगाउँदा सामान्य अवस्था रहेको कुरा अनुसन्धानमा रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १२ : १५ बजे

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई

गगनले विशेष महाधिवेशनको प्रस्ताव गर्दा देउवाले भने- पार्टी फुट्छ

काठमाडौँ- नेपाली कांग्रेसभित्रको विवाद समाधान उन्मुख देखिएको छैन। बिहीबार साँझ