‘ह्यारी पोर्टर’ अभिनेत्री एमाले छोडिन अभिनय « Khabarhub

‘ह्यारी पोर्टर’ अभिनेत्री एमाले छोडिन अभिनय


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–हलिउडको प्रख्यात फिल्म सिरिजमा ‘ह्यारी पोर्टर’ को नाम सधैं आउने गर्दछ । यो सिरिजको सारा विश्वभरी फ्यान छन् । सिरिजमा हरमायोनी ग्रैञ्जरको भूमिका निभाएर दर्शकमाझ रुचाइएकी अभिनेत्री एमी वाटसनले अभिनय छोड्ने निर्णय लिएकी छन् ।

डेली मेलमा प्रकाशित समाचार अनुसार एमाले अहिले कुनै पनि फिल्ममा साइन गरेकी छैनन् । उनी निस्क्रिय अवस्थामा बसेकी छन् ।

एमाका एजेन्टले एमाले अभिनय छोडेको पुष्टि गरेका छन् । एमा नौ वर्षको उमेरदेखि हलिउडमा सक्रिय छिन् । त्यहीकारण पनि अब मूलधारबाट टाढिन चाहन्छिन् ।

एमाले अभिनयबाट टाढिएर प्रेमी लियो रोबिनसनसँग बाँकी समय बिताउने निर्णय लिएकी छन् । एमा र लियो १८ महिनादेखि सम्बन्धमा छन् । त्यहीकारण एमाले नयाँ कुनै फिल्म र प्रोजेक्ट साइन गरेकी छैनन् ।

‘हेरी पोटर’ सिरिजको पहिलो फिल्मदेखि लिएर हालसम्म एमाले सन् २०१९ मा रिलिज ‘लिटल विमन’सम्म आफ्नो अभिनयका कारण फ्यानमाझ राज गरिसकेकी छन् । तर अभिनय छोड्ने उनको निर्णयले फ्यान दुःखी बनेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  २ : ०० बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास