बजारमा दर्ता विनाका तराजु | Khabarhub Khabarhub

बजारमा दर्ता विनाका तराजु


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मुख्य बजार मध्येको दमकमा दर्ता तथा नवीकरण नभएका तराजुहरु प्रयोगमा रहेको पाईएको छ ।

शुक्रबार भएको बजार अनुगमनका क्रममा कतिपय तरकारी, फलफूल, मासु तथा किराना पसलहरुमा सरकारी निकायबाट प्रमाणित नगराईएका तराजुहरु प्रयोगमा रहेको पाईएको हो ।

दमक नगरपालिका, गुणस्तर तथा नापतौल कार्यालय, दमक उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारकर्मीहरुको संयुक्त बजार अनुगमनका क्रममा केहीले ढक तराजु प्रमाणितनै नगराई चलाएको तथा केहिले प्रमाणित गराए पनि नवीकरण नगराएको पाईएको हो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले प्रारम्भिक चरणमा व्यवसायीहरुलाई सजग गराईएको, दर्ता तथा प्रमाणित नगराएकाहरुलाई प्रमाणित हुन तथा नवीकरण नगराएकाहरुलाई नवीकरण गरेर मात्र उपयोग गर्न आग्रह गरिएको बताए ।

आगामी दिनमा नियामक निकायबाट हुने अनुगमन तथा दण्ड जरिवाना गराउँदा अटेर गर्नेहरु आँफै जवाफदेही हुनु पर्ने उनको भनाइ छ ।

अनुमगन टोलीले दमकको तरकारी बजार, मुख्य चोकका किराना पसल, केही मासु पसलहरुको अनुगमन गरेको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले जानकारी दिए । ढक तराजु प्रमाणिकरणका लागि जिल्ला सदरमुकाम भद्रपुर जान नपरोस भनेर दमकमानै केही दिनको लागि प्रमाणिकरणको व्यवस्था समेत गरिएको उनले बताए ।

अनुगमन टोलीमा गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षक अनुजा घिमिरे, दमक नगरपालिका खाद्य अधिकृत लक्ष्मी न्यौपाने, सहायक पवन पराजुली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँई लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ४ : २५ बजे

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो

  बझाङ–बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

सर्लाहीका आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

बरहथवा– राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि

९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले