बजारमा दर्ता विनाका तराजु « Khabarhub

बजारमा दर्ता विनाका तराजु


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मुख्य बजार मध्येको दमकमा दर्ता तथा नवीकरण नभएका तराजुहरु प्रयोगमा रहेको पाईएको छ ।

शुक्रबार भएको बजार अनुगमनका क्रममा कतिपय तरकारी, फलफूल, मासु तथा किराना पसलहरुमा सरकारी निकायबाट प्रमाणित नगराईएका तराजुहरु प्रयोगमा रहेको पाईएको हो ।

दमक नगरपालिका, गुणस्तर तथा नापतौल कार्यालय, दमक उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारकर्मीहरुको संयुक्त बजार अनुगमनका क्रममा केहीले ढक तराजु प्रमाणितनै नगराई चलाएको तथा केहिले प्रमाणित गराए पनि नवीकरण नगराएको पाईएको हो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले प्रारम्भिक चरणमा व्यवसायीहरुलाई सजग गराईएको, दर्ता तथा प्रमाणित नगराएकाहरुलाई प्रमाणित हुन तथा नवीकरण नगराएकाहरुलाई नवीकरण गरेर मात्र उपयोग गर्न आग्रह गरिएको बताए ।

आगामी दिनमा नियामक निकायबाट हुने अनुगमन तथा दण्ड जरिवाना गराउँदा अटेर गर्नेहरु आँफै जवाफदेही हुनु पर्ने उनको भनाइ छ ।

अनुमगन टोलीले दमकको तरकारी बजार, मुख्य चोकका किराना पसल, केही मासु पसलहरुको अनुगमन गरेको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले जानकारी दिए । ढक तराजु प्रमाणिकरणका लागि जिल्ला सदरमुकाम भद्रपुर जान नपरोस भनेर दमकमानै केही दिनको लागि प्रमाणिकरणको व्यवस्था समेत गरिएको उनले बताए ।

अनुगमन टोलीमा गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षक अनुजा घिमिरे, दमक नगरपालिका खाद्य अधिकृत लक्ष्मी न्यौपाने, सहायक पवन पराजुली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँई लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ४ : २५ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका