ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए « Khabarhub

ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए

विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइयो


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।

नेकपाकै अर्को खेमा प्रचण्ड–नेपाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ ।

ओली समूहको संसदीय दलको बैठकले भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रदेश १ का सांसदहरूको भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ३ : ३७ बजे

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता