कसैले ‘धारे हात’ लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा दिँदैनन् : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

कसैले ‘धारे हात’ लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा दिँदैनन् : उपप्रधानमन्त्री पोखरेल


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले ‘धारे हात’ लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उनले कसैले भन्दैमा जनताले विश्वास गरेका प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएका हुन् ।

उनले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने धारणा राखे । उनले हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन चूनौती दिए ।

केपी ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने उनले उल्लेख गरे ।

पोखरेलले कम्युनिस्ट पार्टी हिजोझैँ ‘चल्ते, चलाते’ ढङ्गले सञ्चालन नहुने जिकिर गरे ।

नयाँ कम्युनिस्ट पार्टीमा युवाहरू हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने, फोहोरमैलाहरू सफा हुने पनि उनले बताए ।

उनले ढाडमा टेकेर टाउकोमा हान्न पल्केकाहरुलाई पराजित गर्दै पार्टीलाई मजबुद्ध ढंगले अघि बढाइने धारणा राखे ।

कार्यक्रममा नेकपा ओली पक्षका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापना भएपछि खुसी भएर लड्डु बाड्नुको कुनै अर्थ नरहेको बताए । उनले संसदमा होस् वा निर्वाचनमा दुवैतिर लड्न आफूहरु तयार भएको दाबी गरे ।

कार्यक्रममा सो पक्षका नेताहरुले अव संसदबाट डटेर अघि बढ्ने र मुलुकलाई लोकतन्त्रको बाटोमा अघि बढाइने बताएका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : १९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्