मन्त्रिपरिषदको निर्णय : २३ गते संसद बैठक बोलाउन सिफारिस « Khabarhub

मन्त्रिपरिषदको निर्णय : २३ गते संसद बैठक बोलाउन सिफारिस


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।

संसद बैठक बोलाउने विषयमा विहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : ३४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट