सरकार विचलित छैन : मन्त्री गुरुङ | Khabarhub Khabarhub

सरकार विचलित छैन : मन्त्री गुरुङ


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका छन् ।

साधना कला केन्द्र र नेपाल साङ्गीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अम्बर गुरुङको ८३औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार कुनै पनि विषयमा विचलित नभई काम गर्ने बताएका हुन् ।

“प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विचलित हुने छैन”, सरकारका प्रवक्ता गुरुङले भने, “सरकारले राष्ट्र र राष्ट्रियताको रक्षा र मुलुकलाई सही गन्तव्यमा पुर्‍याउने काम गर्नेछ ।”

उनले राष्ट्रको विकास, समृद्धि र रुपान्तरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान व्यक्त गर्दै मन्त्री गुरुङले भने, “फैसलाप्रति हाम्रो सम्मान छ, विघटन सदर भएको भए अप्रिय घटना हुने जस्ता आंकलन पनि भएका थिए, तर हामी जे फैसला भए पनि मानेर जाने पक्षका हौँ ।”

छिमेकी राष्ट्रहरु विकासको तीव्रगतिमा अघि बढेको स्मरण गराउँदै उनले नेपालको विकास र समृतिका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार चार घण्टाभन्दा बढी गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल हुनुभएकोमा सम्मान गरिएको थियो ।

सो अवसरमा स्वर्गीय गुरुङका जेठा छोरा तथा विश्वविख्यात गीतारवाधक किशोर गुरुङद्वारा लिखित गुरुङ जातिको मौलिक परम्परागत ‘घाटु नृत्य’ नामक कृतिको विमोचनसमेत मन्त्री गुरुङले गरेका थिए ।

उक्त अवसरमा वरिष्ठ संगीतका स्व. गुरुङको सम्मानमा विभिन्न साङ्गितीक प्रस्तुतीसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ३० बजे

इलाम २ उपनिर्वाचन : फाकफोकथुम १ र २ वडाको मत गन्दा कांग्रेसका डम्बरको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य