सरकार विचलित छैन : मन्त्री गुरुङ « Khabarhub

सरकार विचलित छैन : मन्त्री गुरुङ


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका छन् ।

साधना कला केन्द्र र नेपाल साङ्गीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अम्बर गुरुङको ८३औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार कुनै पनि विषयमा विचलित नभई काम गर्ने बताएका हुन् ।

“प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विचलित हुने छैन”, सरकारका प्रवक्ता गुरुङले भने, “सरकारले राष्ट्र र राष्ट्रियताको रक्षा र मुलुकलाई सही गन्तव्यमा पुर्‍याउने काम गर्नेछ ।”

उनले राष्ट्रको विकास, समृद्धि र रुपान्तरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान व्यक्त गर्दै मन्त्री गुरुङले भने, “फैसलाप्रति हाम्रो सम्मान छ, विघटन सदर भएको भए अप्रिय घटना हुने जस्ता आंकलन पनि भएका थिए, तर हामी जे फैसला भए पनि मानेर जाने पक्षका हौँ ।”

छिमेकी राष्ट्रहरु विकासको तीव्रगतिमा अघि बढेको स्मरण गराउँदै उनले नेपालको विकास र समृतिका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार चार घण्टाभन्दा बढी गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल हुनुभएकोमा सम्मान गरिएको थियो ।

सो अवसरमा स्वर्गीय गुरुङका जेठा छोरा तथा विश्वविख्यात गीतारवाधक किशोर गुरुङद्वारा लिखित गुरुङ जातिको मौलिक परम्परागत ‘घाटु नृत्य’ नामक कृतिको विमोचनसमेत मन्त्री गुरुङले गरेका थिए ।

उक्त अवसरमा वरिष्ठ संगीतका स्व. गुरुङको सम्मानमा विभिन्न साङ्गितीक प्रस्तुतीसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ३० बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज