ओली पक्षसँग कुनै पनि हालतमा एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

ओली पक्षसँग कुनै पनि हालतमा एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली पक्षसँग अब एकता हुन नसक्ने बताएका छन्।

प्राइम टेलिभिजनमा ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ओली समूहसँग कुनै पनि हालतमा अब एकता हुन नसक्ने बताएका हुन्।

‘केही मान्छेलाई बोलाउँदै अब प्रचण्डलाई ध्वस्तै पार्दै भन्दै हुनुहुन्छ । संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्डलाई ध्वस्तै पार्छु भन्दै हुनुहुन्छ। उहाँसँग कसरी पार्टी एकता हुन सक्छ ?,’ प्रचण्डले भने।

उनले अन्य पार्टीसँग समझदारीका साथ काम गर्ने उल्लेख गरे।

संवादकै क्रममा उनले आफूले कुनै विलासी जीवन नबिताएको बताए । उनले आफूले यस्तो आरोप नस्वीकार्ने पनि बताए ।

उनले भने, ‘मेरो श्रीमतीको हालत कुन अवस्थामा छ, दुनियालाई थाहा छ । के म विलासी जन बाँच्न सक्छु ?’

उनले पछिल्लो राजनीतिक अवस्था आउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै गल्ती नभएको बताए । उनले यस विषयमा आफूहरूले पनि आत्मसमीक्षा गर्नुपर्ने बताए ।

प्रचण्डले पार्टी आधिकारिकताको विवाद केही दिनभित्रै टुंगिने विश्वास व्यक्त गरे । उनले आफूहरुको पक्षमा बहुमत रहेको भन्दै अब निर्वाचन आयोगले केपी ओलीलाई अर्को पार्टी खोलेर जान भन्न सक्ने बताए ।

आफूले देश, जनता र लोकतन्त्रको हितबाहेक कुनै सम्झौता नगर्ने दाबी गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ०४ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज