ओली पक्षसँग कुनै पनि हालतमा एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड « Khabarhub

ओली पक्षसँग कुनै पनि हालतमा एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली पक्षसँग अब एकता हुन नसक्ने बताएका छन्।

प्राइम टेलिभिजनमा ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ओली समूहसँग कुनै पनि हालतमा अब एकता हुन नसक्ने बताएका हुन्।

‘केही मान्छेलाई बोलाउँदै अब प्रचण्डलाई ध्वस्तै पार्दै भन्दै हुनुहुन्छ । संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्डलाई ध्वस्तै पार्छु भन्दै हुनुहुन्छ। उहाँसँग कसरी पार्टी एकता हुन सक्छ ?,’ प्रचण्डले भने।

उनले अन्य पार्टीसँग समझदारीका साथ काम गर्ने उल्लेख गरे।

संवादकै क्रममा उनले आफूले कुनै विलासी जीवन नबिताएको बताए । उनले आफूले यस्तो आरोप नस्वीकार्ने पनि बताए ।

उनले भने, ‘मेरो श्रीमतीको हालत कुन अवस्थामा छ, दुनियालाई थाहा छ । के म विलासी जन बाँच्न सक्छु ?’

उनले पछिल्लो राजनीतिक अवस्था आउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै गल्ती नभएको बताए । उनले यस विषयमा आफूहरूले पनि आत्मसमीक्षा गर्नुपर्ने बताए ।

प्रचण्डले पार्टी आधिकारिकताको विवाद केही दिनभित्रै टुंगिने विश्वास व्यक्त गरे । उनले आफूहरुको पक्षमा बहुमत रहेको भन्दै अब निर्वाचन आयोगले केपी ओलीलाई अर्को पार्टी खोलेर जान भन्न सक्ने बताए ।

आफूले देश, जनता र लोकतन्त्रको हितबाहेक कुनै सम्झौता नगर्ने दाबी गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ०४ बजे

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ