पहाडी भेगमा आज चट्याङसहित वर्षाको सम्भावना   « Khabarhub

पहाडी भेगमा आज चट्याङसहित वर्षाको सम्भावना  


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि प्रदेश १ का पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र १३ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । प्रदेश नं. १ को पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ ।

चैत्र १४ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १५ गते (आइतबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही, बाँकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : ३२ बजे

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका