क्वार्ड : के हो, के होइन | Khabarhub Khabarhub

क्वार्ड : के हो, के होइन



अमेरिका, भारत, जपान र अस्ट्रेलियाबीच मार्च १२ मा भएको ‘क्वार्डिल्याट्रल सुरक्षा’ अथवा ‘क्वार्ड’ बैठकलाई धेरै जसो विश्लेषकहरूले राम्रोसँग बुझ्न सकेका छैनन् । सन् २००७ मा शुरू भए पनि यो समूह हालैका दिनमा जुर्मुराएको हो । यसको निश्चित कारण छ ।

चीनले अन्तर्राष्ट्रिय व्यवस्थामा पुर्‍याउन थालेको सुरक्षा चुनौतीबाट असहज महसुस गर्दै क्वार्ड बैठक भएको हो । तर, क्वार्डको पहिलो संयुक्त बैठकमा न चीनको कतै उल्लेख गरिएको छ न त सैन्य सुरक्षाका विषयमा केही बोलिएको छ । वासिङ्टन पोस्टमा क्वार्ड समूहका चार नेताले लेखेको लेखमा पनि यो कुरा उल्लेख छैन ।

यसको विपरित क्वार्ड समूहको बैठकको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको कोभिड–१९ विरुद्धको भ्याक्सिन उत्पादन, विकसित देशबीच प्रविधिमा सहकार्य र जलवायु परिवर्तन विरुद्ध लड्ने नै ।

अमेरिकाको नेतृत्वमा रहेको एक ध्रुवीय विश्व चीनको उदयसँगै तरल भएको छ । चीनले विश्व व्यवस्थामा आफ्नो भूमिका प्रभावकारी भूमिका बनाउने प्रयास गर्दै गर्दा विश्वलाई एउटा दिशा दिन क्वार्डले रूपरेखा तयार गर्नेछ ।

स्पष्ट विषयवस्तुविनाको छलफलले क्वार्डको खास प्रकृति बताउँछ । केही टिप्पणीकारले यो समूहलाई ‘गठबन्धन’ को सज्ञा दिँदै ‘एसियन नाटो’ समेत भन्ने गरेका छन् । खासमा त्यस्तो होइन । क्वार्ड समान विचार राख्ने देशबीचको खुकुलो सञ्जाल हो जसको आयाम बृहत् छ ।

बठैकपछि जारी गरिएको वक्तव्यले सन् २००४ मा हिन्द महासागरमा आएको सुमानीपछिको मानवीय सहकार्यमा जोड दिइएको उल्लेख गर्दै सिद्धान्तमा प्रतिबद्ध समूह गठन गरिएको भनिएको छ ।

प्रजातन्त्रप्रति कटिबद्ध देश नियममा आधारित व्यवहारलाई स्वीकार गर्ने, हिन्द–प्रशान्त क्षेत्रको खुला र समानतामूलक स्थितिलाई सम्मान गर्दै ‘विश्वको हितका लागि गठन गरिएको समूह’ क्वार्ड भएको दाबी गरिएको छ ।

विशेषगरी अमेरिकाको नेतृत्वमा रहेको ‘एक ध्रुवीय’ विश्व चीनको उदयसँगै तरल अवस्थामा प्रवेश गरेको छ । यस्तो अवस्थामा चीनले विश्व व्यवस्थामा आफ्नो भूमिका प्रभावकारी बनाउने प्रयास गर्दै गर्दा विश्वलाई एउटा दिशा दिन क्वार्ड समूहले व्यापक रूपरेखा तयार गर्नेछ ।

विश्व वितरण प्रणालीको चीन एउटा महत्त्वपूर्ण खेलाडी हो । कोरोना भ्याक्सिन वितरणमा यो प्रस्ट रूपमा देखिएको छ । उसले अतिरिक्त पुँजी विश्वभर नै बेल्ट एन्ड रोड आयोजनाका माध्यमबाट लगानी गर्दैछ ।

चीनले चुनौती पेश गरेको एउटा क्षेत्र सैन्य हो । यसको एउटा उदाहरण दक्षिण एसिया, दक्षिण चीन सागर र पूर्वी चीन सागरमा उसले आफ्नो सीमा क्षेत्र बढाउन गरेको प्रयासले देखाउँछ । अर्को भनेको आर्थिक र प्राविधिक क्षेत्रमा हो ।

विश्व वितरण प्रणालीको चीन एउटा महत्त्वपूर्ण खेलाडी हो । कोरोना भ्याक्सिन वितरणमा यो प्रस्ट रूपमा देखिएको छ । उसले अतिरिक्त पुँजी विश्वभर नै ‘बेल्ट एन्ड रोड’ आयोजनाका माध्यमबाट लगानी गर्दैछ ।

चीन प्राविधि शक्तिका रूपमा पनि तेज गतिमा अघि बढ्दै छ । क्वार्ड यस्ता बृहत् आयामलाई सम्बोधन गर्न चाहन्छ । दुई वटा संयुक्त वक्तव्यले स्पष्ट पारेको छ कि भ्याक्सिन उत्पादन र महत्त्वपूर्ण प्रविधि विकासमा यो समूहले मिलेर काम गर्नेछ । यी दुवै प्रयासले विश्वमा बढ्दै गएको चीनको केन्द्रीय भूमिका खुम्च्याउने त छ नै, त्योसँगै समावेशी र फराकिलो विश्व व्यवस्था निर्माण गर्न पनि सहयोग पुर्‍याउने छ ।

क्वार्ड समूहबीचको तेस्रो सहकार्यको क्षेत्र भनेको जलवायु परिवर्तन सम्बन्धी हो । यस विषयमा चीन प्रतिस्पर्धात्मक शक्तिभन्दा पनि सहयोगी खेलाडी नै हो । यी तीनै क्षेत्रले चीनलाई सकारात्मक खेलाडीका रूपमा अघि आउन प्रेरित गर्नेछ भने अन्य देशलाई क्वार्डका विषयमा नकारात्मक सोच नराख्न आग्रह गर्नेछ ।

गैर सैन्य सहकार्यका विषयमा क्वार्डको बैठक केन्द्रित रहेको थियो । यसले सैन्य आयामलाई कुनै पनि दृष्टिकोणबाट प्रोत्साहित गर्दैन । यसका सदस्य राष्ट्रहरूले नौसेना अभ्यासलाई निरन्तरता दिने र यसलाई सैन्य सहकार्यको आधार बनाउन बताएका छन् । यस्तै यिनीहरूबीच सैन्य सूचना र आवश्यक परिवहन सहायता हुँदै आएको छ ।

भारत–अमेरिका–जपान त्रिदेशीय सहकार्यका रूपमा हुँदै आएको मालावार सैन्य अभ्यासमा गत वर्षदेखि अस्ट्रेलियालाई पनि सहभागी गराइएको छ । यी चार देश सैन्य रणनीतिमा संयुक्त रूपमा अघि बढ्दै छन् । यसो गर्न आफ्नो दुई पक्षीय सम्बन्ध भारत–जपान–अमेरिका, भारत–अस्ट्रेलिया–जपान र अमेरिका–जपान–अस्ट्रेलियाबीच विस्तार गर्दैछन् ।

क्वार्ड समूह यसैको व्यवस्थापकीय विस्तार हो जसले ‘क्वार्ड प्लस’ निर्माण गर्ने सम्भावना पनि रहन्छ । जसमा क्यानडा, फ्रान्स (अप्रिलमा पाँच देशबीच संयुक्त सैन्य अभ्यास हुने कार्यक्रम तय भएको छ) र सम्भवतः न्युजिल्यान्ड र बेलायत पनि सहभागी हुनेछन् ।

यो समीकरणले सुरक्षाका दृष्टिकोणले भार बोक्ने काम गर्छ नै, क्वार्डले गैरसुरक्षाका क्षेत्रमा पनि बढ्दै गएको चिनियाँ प्रभाव शिथिल बनाउने काम गर्छ । चीनको प्रभाव न्यूनीकरण गर्न क्वार्ड समूहले जपानले अघि सारेको गुणस्तरीय पूर्वाधारका लागि सहकार्य कार्यक्रम प्रबर्द्धन गरेको छ । त्यसका लागि ‘ब्लु डट नेटवर्क’ अघि बढाउने प्रक्रिया शुरू गरेको छ ।

यी दुवै योजनाको उद्देश्य इन्डो प्यासिफिक क्षेत्रमा दिगो विकास परियोजनामा लगानीका लागि विश्वव्यापी मान्यताप्राप्त मूल्याङ्कन र प्रमाणीकरण प्रणाली विकास गर्नु हो ।

क्वार्डले वितरण प्रणाली पनि पुनः संचरना गर्दै त्यसमा रहेको चिनियाँ प्रभाव घटाउने दिशामा काम गर्ने योजना अघि बढाएको छ । चीनले कोरोना भ्याक्सिन कूटनीति मार्फत विश्वका धेरै मानिसको पहुँचमा पुग्ने योजनाअघि सार्दै गर्दा क्वार्ड समूहका चार सदस्यले वितरण प्रणाली चुस्त बनाउन भारतलाई भ्याक्सिन उत्पादनको केन्द्र बनाउने विषय अघि सारेका छन् ।

भ्याक्सिन अग्रसरता चिनियाँ भ्याक्सिन कूटनीतिलाई टक्कर दिदैँ उसको प्रभाव कम गर्न अघि सारिएको योजना हो । प्राविधिक क्षेत्रको सहकार्य गैरसैन्य क्षेत्रमा क्वार्ड समूहले गर्न खोजेको अर्को संयुक्त अभ्यास हो ।

प्राविधिक क्षेत्रमा सहकार्य गर्दै सदस्य राष्ट्रबीच दूरसञ्चार, बायोटेक (दुवै विषय संयुक्त वक्तव्यमा उल्लेख छ) जस्ता अन्य रणनीतिक महत्त्वका क्षेत्रमा सहकार्य गर्ने योजना क्वार्ड समूहको छ ।

एकअर्कामा निर्भर रहेको विश्वको ‘साझा समस्या’ का रूपमा अगाडि आएको जलवायु परिवर्तनका विषयमा सहकार्य गर्दै समस्या निरूपण गर्न खुला प्रयास गर्ने समझदारी त समूहले बनाएकै छ ।

क्वार्डले सहयोगी देशलाई सैन्य र गैरसैन्य छाताभित्र बस्न आग्रह गर्दैन । ‘क्वार्ड प्लस’ कसिलो सङ्गठन होइन, यसको योजना खुकुलो छ, यो सदस्यता केन्द्रित छैन । यो समूहको लचकता भनेको कुनै देशलाई आवश्यकता हुँदा यसको सदस्य हुन पाउनु हो र आवश्यकता नभएको अवस्थामा छुट्टिन पाउनु हो । क्वार्ड समूहमा जोडिन खुला भएको हुँदा चीनले आरोप लगाएको जस्तै यसले ‘अन्तर्राष्ट्रिय व्यवस्थामा खलल पुर्‍याउँदैन’ ।

क्वार्ड मार्फत भारतले के प्राप्त गर्छ ?

पहिलो त यसबाट प्राप्त हुने सुरक्षा लाभांश महत्त्वपूर्ण हुन्छ । भारत आफैँले आफूमाथि आइपर्ने प्रायः सुरक्षा चुनौतीको सामना आफैँ गर्न सक्ने हुँदा सुरक्षा लाभांश धेरै आवश्यकता नभए पनि त्यो प्राप्त हुनु महत्त्वपूर्ण हो ।

खासगरी लद्दाख जस्तो घटनामा भारतले अमेरिकासँगको दुई पक्षीय सम्बन्धबाट प्राप्त गरेको हतियार हस्तान्तरणको सुविधा महत्त्वपूर्ण रह्यो । यस्तै क्वार्ड मार्फत सैन्य सूचना र व्यवस्थापनसँगै सैन्य अभ्यासका क्रममा प्राप्त गर्ने ज्ञान आदानप्रदान हुन्छ । यो अर्को महत्त्वपूर्ण उपलब्धि हो ।

अर्को फाइदा भनेको क्षेत्रीय र वैश्विक व्यापार र लगानीका क्षेत्रमा हुनसक्छ । यसले गर्दा चीनमाथि रहेको भारतीय निर्भरता घटाउन सहयोग पुग्छ । अन्य क्षेत्रबाट पनि भारतमा लगानी र उत्पादन सम्बद्ध क्रियाकलाप बढ्ने सम्भावना हुन्छ । योसँगै महाशक्ति बन्ने भारतको चहानामा एउटा खुट्किलो पार हुन्छ ।

यसले विश्व व्यवस्था पुनःसंरचना भएको अवस्थमा त्यो चिनियाँ पक्षमा मात्रै हुने सम्भावना कम गर्दै सबैले स्वीकार गर्न सक्ने व्यवस्था ल्याउन मद्दत गर्छ । सबैभन्दा महत्त्वपूर्ण, स्थायी र सहकार्ययुक्त विश्व व्यवस्था निर्माणमा भारतको भूमिका अतुलनीय हुन्छ ।

(सुमिता नारायणन कुट्टी किङ्स कजेज लन्डनमा लेवरहल्म डक्ट्रेड हुन् । उनी राजारन्तम स्कूल अफ इन्टरन्याशनल स्टडिज, सिङ्गापुरमा रिसर्च एसोसिएटका रूपमा कार्यरत छिन् । राजेश बसुरुर राजारन्तम स्कूलमा वरिष्ठ अनुसन्धानकर्ताका र अक्सफोर्ड विश्वविद्यालयमा दक्षिण एसिया अनुसन्धानकर्ताका रूपमा कार्यरत छन् । २४ मार्च २०२१ मा द डिप्लोम्याटमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ०२ बजे

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल