काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनभित्र २० करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप दिइसकिने प्रतिबद्धता जनाएका छन् ।
ह्वाइट हाउस गरिएको आफ्नो पहिलो पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले कार्यकालको पहिलो १०० दिनभित्र २० करोड मानिसलाई खोप लगाइसक्ने लक्ष्य सुनाएका हुन् ।
योजना महत्वाकाङ्क्षी लागे पनि लक्ष्य पूरा हुने उनले दाबी गरेका छन् । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया