मुख्यमन्त्री राईले विस्तार गर्दै मन्त्रीपरिषद, गुट छाडेर संस्थापनमा लागेका मन्त्री बन्दै « Khabarhub

मुख्यमन्त्री राईले विस्तार गर्दै मन्त्रीपरिषद, गुट छाडेर संस्थापनमा लागेका मन्त्री बन्दै


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

निकट स्रोतका अनुसार पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री हुँदैछन् ।

यस्तै साविक नेकपामा प्रचण्ड-माधव समूहबाट ओली समूहमा फर्किएकी एमाले सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्री बनाइँदैछ ।

यस्तै अहिले राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् ।

उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । नयाँ मन्त्रीहरूले आजै साढे १ बजे शपथग्रहणको तयारी गरिएको जनाइएको छ ।

एमाले नब्यूँतिदासम्म आफ्नै पार्टीका सांसदले अविश्वासको प्रस्ताव ल्याएर अप्ठ्यारोमा परेका राई अहिले फेरि बहुमतमा छन् ।

पुस २३ सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली समूह बलियो भएको छ ।

अदालतले उक्त फैसलासँगै केन्द्रदेखि प्रदेशसम्मको शक्ति समीकरण फेरबदलतर्फ अघि बढेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : १८ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल