नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीमा जारी « Khabarhub

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीमा जारी


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक क‌लंकीस्थित एक पार्टी प्यालेसमा शुरू भएको छ ।

बैठकमा पार्टीभित्र अहिले देखिएको विवादमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

केन्द्रीय सदस्यहरूबीचको छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने, स्पष्टीकरण र त्यसमा चार नेताले दिएको जवाफलगायतका विषयमा धारणा बनाउने बताइएको छ ।

बैठकमा ४५ जनाजति केन्द्रीय सदस्य सहभागी छन् । धेरै सदस्य उपत्यकाबाहिर रहेकाले उपस्थित कम भएको सो पक्षको दाबी छ ।

आजै ३ बजे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका छन् । त्योभन्दा अघि बोलाइएको माधव पक्षधरको केन्द्रीय सदस्यहरूको बैठकमा दलको बैठकमा जाने वा नजानेबारे पनि छलफल हुने केन्द्रीय सदस्य तथा सांसद झपट रावलले बताए ।

बुधबार साँझ माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको अलग्गै भेला भएको थियो । सो भेलाले बैठकमा जाने हो भने सबै नेतासहित जानुपर्ने निष्कर्ष निकालेको थियो ।

नेपाल– खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन्। यो निर्णय अवैधानिक भन्दै नेपाल–खनाल पक्षले विरोध गरिरहेको छ। यो समूहलेपार्टीमा समानान्तर कमिटी गठन गरिरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : ०१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल