नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीमा जारी « Khabarhub

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीमा जारी


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक क‌लंकीस्थित एक पार्टी प्यालेसमा शुरू भएको छ ।

बैठकमा पार्टीभित्र अहिले देखिएको विवादमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

केन्द्रीय सदस्यहरूबीचको छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने, स्पष्टीकरण र त्यसमा चार नेताले दिएको जवाफलगायतका विषयमा धारणा बनाउने बताइएको छ ।

बैठकमा ४५ जनाजति केन्द्रीय सदस्य सहभागी छन् । धेरै सदस्य उपत्यकाबाहिर रहेकाले उपस्थित कम भएको सो पक्षको दाबी छ ।

आजै ३ बजे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका छन् । त्योभन्दा अघि बोलाइएको माधव पक्षधरको केन्द्रीय सदस्यहरूको बैठकमा दलको बैठकमा जाने वा नजानेबारे पनि छलफल हुने केन्द्रीय सदस्य तथा सांसद झपट रावलले बताए ।

बुधबार साँझ माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको अलग्गै भेला भएको थियो । सो भेलाले बैठकमा जाने हो भने सबै नेतासहित जानुपर्ने निष्कर्ष निकालेको थियो ।

नेपाल– खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन्। यो निर्णय अवैधानिक भन्दै नेपाल–खनाल पक्षले विरोध गरिरहेको छ। यो समूहलेपार्टीमा समानान्तर कमिटी गठन गरिरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : ०१ बजे

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार