आमिरको स्वास्थ्यप्रति चीनको चिन्ता « Khabarhub

आमिरको स्वास्थ्यप्रति चीनको चिन्ता


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– केही समयअघिदेखि भारतका कैयौं कलाकारलाई लगातार कोरोना संक्रमण भइरहेको छ । यो सूचीमा बलिउड सुपरस्टार आमिर खान पनि छन् ।

आमिरको प्रवक्ताले आमिरलाई कोरोना संक्रमण भएपछि उनी होम क्वारेन्टाइनमा रहेको पुष्टि गरिसकेका छन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार आमिरको स्वास्थ्यलाई लिएर चीनमा रहेका उनका फ्यानहरुले चिन्ता व्यक्त गरेका छन् ।

आमिरका चिनियाँ फ्यानहरुले उनलाई कोरोना खोप लगाउन सल्लाह दिएका छन् । ‘आमिर खान सा’ब, के तपाईंले कोभिड–१९को खोप लगाउनुभयो ?’ भनेर उनका फ्यानहरुले सन्देश पठाइरहेका छन् ।

चीनका अधिकांश प्रान्त तथा सहरमा ठूलो मात्रामा निःशुल्क कोरोना खोप लगाउने अभियान चलेकाले पनि फ्यानले भारतमा यस्तो सुविधा छ या छैन भन्नेमा चासो देखाएका छन् ।

केही फ्यानले भने आमिरलाई चिनियाँ खोप लगाउन सल्लाह दिएका छन् । ‘के स्वस्थ भएपछि तपाईंले पनि चीनद्वारा उत्पादित भ्याक्सिन लगाउनुहुन्छ ?’ भनेर पनि सोधेका छन् । उनीहरुले आमिरलाई चाँडै स्वस्थ भएर नयाँ फिल्म निर्माणमा लाग्न आव्हान गरेका छन् ।

आमिरका अधिकांश फिल्मले चिनियाँ बक्स अफिसमा ठूलो सफलता पाउने गरेको छ । उनका फिल्महरु ‘थ्री इडियट्स’, ‘पीके’, ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ चीनमा सर्वाधिक रुचाइएका फिल्ममा पर्दछन् ।

फिल्म ‘दंगल’ ले चीनका प्रमुख थिएटरमा केवल २६ दिनमा १ अर्ब युआनको कमाई गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  २ : ३० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,