ट्रकको ठक्करबाट प्रहरीको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट प्रहरीको मृत्यु


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– ट्रकको ठक्करबाट धनुषामा एक प्रहरीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो । उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए ।

आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो । शव शङ्कास्पद देखिएपछि खोजतालस गर्दै जाँदा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको प्रहरी सहायक निरीक्षक चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिएको खुलेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।

ठक्कर दिई तत्काल घटनास्थलबाट फरार भएका ट्रकलाई सुनसरीको इनरुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । मृतक महोत्तरीको बलवा नगरपालिका धमौरा निवासी रहेको बुझिएको छ ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : ३२ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत