किन मनाइन्छ होली ? यस्तो छ पौराणिक कथा « Khabarhub

किन मनाइन्छ होली ? यस्तो छ पौराणिक कथा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रंगहरुको पर्व होली पहाडी जिल्लामा चैत १५ र तराईका जिल्लामा चैत १६ गते मनाइदै छ । हिन्दु धर्मालम्बीहरुको ठूलो पर्वहरु मध्ये होली एक हो । हिन्दू पन्चाङ्ग अनुसार फागुन शुक्ल पक्षको अष्टमी तिथिदेखि होलाष्टक शुरु भएर फागु पूणिर्माको दिन समाप्त हुन्छ ।

पौराणिक कथा तथा धर्मग्रन्थ अनुसार हिरन्यकश्यपु नामक राजा कुनै देवता मान्दैन थिए । उनी आफै शक्तिशाली भएकाले आफूलाई मात्र मान्न सबैलाई अह्राउथे । तर उनका बालक छोरा प्रल्हाद भने विष्णुभक्त थिए । यस कुराबाट हिरण्यकश्यपु कोध्रित भए र आफ्नो बालक छोरो मार्ने षडयन्त्र गरे ।

राक्षसराज हिरण्यकश्यपुले प्रल्हादलाई मार्ने अनेक उपाय गरे । उनी कहिले हात्तीद्वारा प्रल्हादलाई कुल्चाउथे त कहिले इनारमा फाल्थे । तर विष्णुभक्त प्रल्हादलाई केही हुँदैन थियो । तर हिरण्यकश्यपुले उनका मार्ने उपाय लाउन छाडेनन् । प्रल्हाद मार्न हिरण्यकश्यपुले सैनिकलाई तरवारले काट्ने हुकुम दिनेदेखि ठूला नदीमा फाल्ने, भीरबाट झार्ने, विष मिसाएर खाना ख्वाउनेसम्मको काम गरे । तर पनि आफ्नो पुत्रको वध गर्न सकेनन् ।

सोही समयमा हिरण्यकश्यपुकी बहिनी होलीको तपस्यापछि व्रहमाबाट, अग्नीले उनलाई कहिल्यै नडढाउने वर पाएर फर्केकी थिइन् । यसको प्रतिकमा उनले एउटा पछ्यौरी पाइन् ।

जसलाई ओढेपछि होलीका आगोभित्र जति समय बसेपनि उनलाई शितलता प्राप्त हुने वर पाएकी थिइन् । त्यसैले हिरण्यकश्यपुले उनलाई विष्णुभक्त छोराको वध गर्न बहिनीको सहायता मागे ।

उनले पनि दाजूको प्रस्ताव स्विकार गरी फागु पूर्णीमाको दिन दाउराको अग्लो चाङमा बसि प्रल्हादलाई काखमा राखेर वसिन् । उनी बसेको दाउराको चाङमा आगो लगाइयो ।

आगो बढ्दै जादाँ प्रल्हादले भगवान विष्णुको नाम जपे । यो दृश्य समस्त देवताहरु पनि हेरिरहेका थिए । ब्रम्हाले समेत आफूले दिएको वरदानको आडमा होलीकाले प्रल्हादलाई मार्ने षडयन्त्र गरेको देखेपछि अर्नथ हुने ठानी देवताको आज्ञा अनुसार ठूलो वायु चल्यो र होलीकाको शरीरवाट पछ्यौरी उड्यो र होलीकाको दहन भयो । तर प्रल्हादलाई केही भएन ।

त्यही समयबाट होलीका दहन गर्दै फागु पुर्णिमाको दिन होली पर्व मनाउन थालिएको कथा धार्मीक छ । होलीका अर्थात अन्यायको हार र प्रल्हाद अर्थात सत्य विजय भएको प्रतिकका रुपमा होली मनाइएको धार्मीक कथाहरु छन् । यस अलावा होलीका बारेमा अरु कथा समेत छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : ५४ बजे

आजका समाचार : हटाइयो सुकुम्बासी बस्ती, ७२ सालको भूकम्पमा ढलेका संरचना अलपत्र, इरानी विदेशमन्त्री पाकिस्तानमा र यूएईविरुद्ध नेपाल विजयी

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरुकाठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती

वास्तविक सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्बासी बस्ती

गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर, यस्तो देखियो ड्रोनबाट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउने अभियान जारी

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौं- मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको

उपत्यकामा नदी किनारका बस्ती हटाउने अभियान जारी

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी