किन मनाइन्छ होली ? यस्तो छ पौराणिक कथा « Khabarhub

किन मनाइन्छ होली ? यस्तो छ पौराणिक कथा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रंगहरुको पर्व होली पहाडी जिल्लामा चैत १५ र तराईका जिल्लामा चैत १६ गते मनाइदै छ । हिन्दु धर्मालम्बीहरुको ठूलो पर्वहरु मध्ये होली एक हो । हिन्दू पन्चाङ्ग अनुसार फागुन शुक्ल पक्षको अष्टमी तिथिदेखि होलाष्टक शुरु भएर फागु पूणिर्माको दिन समाप्त हुन्छ ।

पौराणिक कथा तथा धर्मग्रन्थ अनुसार हिरन्यकश्यपु नामक राजा कुनै देवता मान्दैन थिए । उनी आफै शक्तिशाली भएकाले आफूलाई मात्र मान्न सबैलाई अह्राउथे । तर उनका बालक छोरा प्रल्हाद भने विष्णुभक्त थिए । यस कुराबाट हिरण्यकश्यपु कोध्रित भए र आफ्नो बालक छोरो मार्ने षडयन्त्र गरे ।

राक्षसराज हिरण्यकश्यपुले प्रल्हादलाई मार्ने अनेक उपाय गरे । उनी कहिले हात्तीद्वारा प्रल्हादलाई कुल्चाउथे त कहिले इनारमा फाल्थे । तर विष्णुभक्त प्रल्हादलाई केही हुँदैन थियो । तर हिरण्यकश्यपुले उनका मार्ने उपाय लाउन छाडेनन् । प्रल्हाद मार्न हिरण्यकश्यपुले सैनिकलाई तरवारले काट्ने हुकुम दिनेदेखि ठूला नदीमा फाल्ने, भीरबाट झार्ने, विष मिसाएर खाना ख्वाउनेसम्मको काम गरे । तर पनि आफ्नो पुत्रको वध गर्न सकेनन् ।

सोही समयमा हिरण्यकश्यपुकी बहिनी होलीको तपस्यापछि व्रहमाबाट, अग्नीले उनलाई कहिल्यै नडढाउने वर पाएर फर्केकी थिइन् । यसको प्रतिकमा उनले एउटा पछ्यौरी पाइन् ।

जसलाई ओढेपछि होलीका आगोभित्र जति समय बसेपनि उनलाई शितलता प्राप्त हुने वर पाएकी थिइन् । त्यसैले हिरण्यकश्यपुले उनलाई विष्णुभक्त छोराको वध गर्न बहिनीको सहायता मागे ।

उनले पनि दाजूको प्रस्ताव स्विकार गरी फागु पूर्णीमाको दिन दाउराको अग्लो चाङमा बसि प्रल्हादलाई काखमा राखेर वसिन् । उनी बसेको दाउराको चाङमा आगो लगाइयो ।

आगो बढ्दै जादाँ प्रल्हादले भगवान विष्णुको नाम जपे । यो दृश्य समस्त देवताहरु पनि हेरिरहेका थिए । ब्रम्हाले समेत आफूले दिएको वरदानको आडमा होलीकाले प्रल्हादलाई मार्ने षडयन्त्र गरेको देखेपछि अर्नथ हुने ठानी देवताको आज्ञा अनुसार ठूलो वायु चल्यो र होलीकाको शरीरवाट पछ्यौरी उड्यो र होलीकाको दहन भयो । तर प्रल्हादलाई केही भएन ।

त्यही समयबाट होलीका दहन गर्दै फागु पुर्णिमाको दिन होली पर्व मनाउन थालिएको कथा धार्मीक छ । होलीका अर्थात अन्यायको हार र प्रल्हाद अर्थात सत्य विजय भएको प्रतिकका रुपमा होली मनाइएको धार्मीक कथाहरु छन् । यस अलावा होलीका बारेमा अरु कथा समेत छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : ५४ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल