संसदीय दलको बैठकमा जाने नेपाल समूहको निर्णय « Khabarhub

संसदीय दलको बैठकमा जाने नेपाल समूहको निर्णय


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूह सहभागी हुने भएको छ ।

अध्यक्ष ओलीले आज अपराह्न ३ बजेका लागि बोलाएको दलको बैठकमा नेपाल समूहका नेता जाने भएका हुन् ।

संसदीय दलको बैठकमा जाने कि नजाने भनेर छलफल गर्न आजै बोलाएको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले दलको बैठकमा जाने निर्णय गरेको हो ।

नेपाल समूहका नेताहरूको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको बैठकपछि नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । दलको बैठकमा सबै नेताहरू जाने उनले बताए ।

यसअघि, ओलीले बोलाएको बैठकमा सहभागी नहुने नेपाल समूहले बताउँदै आएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  २ : ४१ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा