हाम्रो अथक प्रयासले मेलम्चीको पानी आउने भयो : बिना मगर « Khabarhub

हाम्रो अथक प्रयासले मेलम्चीको पानी आउने भयो : बिना मगर


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आज सुरुङबाट पानी हालिएको छ ।

त्यस अवसरमा पूर्व खानेपानी मन्त्री बिना मगरले आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको अवलोकन गरेकी छन् । प्रशोधन केन्द्र निरीक्षण तथा अवलोकनपछि उनले मेलम्चीको पानी पिउने काठमाडौंबासीको सपना पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।

मगरले फेसबुकमा लेखेकी छन्, ‘आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरियो । मेलम्चीको पानी आज प्रशोधन केन्द्रमा हालिएको छ । अब काठमाडौंको घर-घरमा खानेपानी आउँदैछ ।

उनले आफूहरुको अथक मेहनत र योजनाअनुसार मेलम्ची आयोजनाको कामले तीब्रता पाएको दावीसमेत गरेकी छन् । यद्यपि, उनी खानेपानी मन्त्री हुँदा आयोजनाको काममा ढिलाइ भएको आरोप लागेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ३ : २४ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण