संसदीय दलको बैठकमा सहभागी हुन खनाल बालुवाटारमा, नेपाल र रावल गएनन् « Khabarhub

संसदीय दलको बैठकमा सहभागी हुन खनाल बालुवाटारमा, नेपाल र रावल गएनन्


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बोलाएको बैठकमा सहभागी हुन खनाल बालुवाटार पुगेका हुन् । यसअघि आजै एमालेको असन्तुष्ट माधव नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेपछि खनालसहित अन्य नेता बालुवाटार पुगेका हुन् । यसअघि बसेको दलको बैठकमा भने खनाल सहभागी भएका थिएनन् ।

तर, उक्त बैठकमा माधव नेपाल र भीम रावल भने गएका छैनन् । दलको बैठकमा नेपाल–खनाल पक्षका सबै सांसदहरु सहभागी हुने भए पनि नेपाल र रावल भने बालुवाटार गएनन् ।

दलको बैठकमा सहभागी भएर खनालले आफ्नो धारणा राख्ने बताइएको छ ।

सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्रबीचको एकीकरण भंग गरिदिएपछि पूर्ववत अवस्थामा पुगेको एमालेमा अध्यक्ष ओली र नेपाल पक्षबीच तीव्र विवाद भइरहेको छ ।

विवादकै कारण ओलीले नेपालसहित, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । नेपाल र रावलले बिहीबार स्पष्टीकरणको जवाफ पठाउँदै उल्टै ओलीलाई नै किन कारबाही नगर्ने भन्दै प्रतिप्रश्न गरेपछि ओली झन् रुष्ट बनेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ३ : ३७ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल