संसदीय दलको बैठकमा सहभागी हुन खनाल बालुवाटारमा, नेपाल र रावल गएनन् « Khabarhub

संसदीय दलको बैठकमा सहभागी हुन खनाल बालुवाटारमा, नेपाल र रावल गएनन्


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बोलाएको बैठकमा सहभागी हुन खनाल बालुवाटार पुगेका हुन् । यसअघि आजै एमालेको असन्तुष्ट माधव नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेपछि खनालसहित अन्य नेता बालुवाटार पुगेका हुन् । यसअघि बसेको दलको बैठकमा भने खनाल सहभागी भएका थिएनन् ।

तर, उक्त बैठकमा माधव नेपाल र भीम रावल भने गएका छैनन् । दलको बैठकमा नेपाल–खनाल पक्षका सबै सांसदहरु सहभागी हुने भए पनि नेपाल र रावल भने बालुवाटार गएनन् ।

दलको बैठकमा सहभागी भएर खनालले आफ्नो धारणा राख्ने बताइएको छ ।

सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्रबीचको एकीकरण भंग गरिदिएपछि पूर्ववत अवस्थामा पुगेको एमालेमा अध्यक्ष ओली र नेपाल पक्षबीच तीव्र विवाद भइरहेको छ ।

विवादकै कारण ओलीले नेपालसहित, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । नेपाल र रावलले बिहीबार स्पष्टीकरणको जवाफ पठाउँदै उल्टै ओलीलाई नै किन कारबाही नगर्ने भन्दै प्रतिप्रश्न गरेपछि ओली झन् रुष्ट बनेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ३ : ३७ बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको