ग्यास सिलिन्डर पड्किएर घाइते भएका एकको मृत्यु « Khabarhub

ग्यास सिलिन्डर पड्किएर घाइते भएका एकको मृत्यु


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ ।

घाइतेमध्ये टीकाराम बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको हो । सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दोलखा सैलुङका घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोटमा बस्ने ३९ वर्षीय टीकाराम सोही होटेलका मालिक हुन् ।

ग्यास सिलिन्डर पड्कँदा घाइते भएकामध्ये गम्भीर घाइते राजेन्द्र कार्की र गीता कार्कीको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको र अन्य घाइते आदित्य सुवेदी, विकास पौडेल, हिमुन्स थापाको अवस्था सामान्य रहेको तथा उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : १० बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण