‘भिजिबिलिटी’ कम हुँदा काठमाडौंमा हवाइ उडान प्रभावित « Khabarhub

‘भिजिबिलिटी’ कम हुँदा काठमाडौंमा हवाइ उडान प्रभावित


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको आकासमा तुवाँलो फैलिएपछि भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान प्रभावित भएको छ ।

आज दिउँसोदेखि आकाशमा तुँवालो फैलिँदा हवाई उडान प्रभावित भएको विमानस्थल स्रोतले जानकारी दिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि हवाई उडान बन्द गरिएको हो। विमानस्थल प्रमुख प्रताप तिवारीले दिउँसो तीन बजेदेखि उडान बन्द भएको जानकारी दिए ।

उनले भने, ‘हवाइ उडानका लागि ८ सय मिटरसम्म देखिनुपर्ने हुन्छ तर काठमाडौंमा अहिले त्योभन्दा न्यून छ।’

उनले हवाई अवतरणका लागि साना जहाजका लागि १६ सय मिटर भिजिबिलिटी चाहिन्छ भने ठूला जहाजका लागि २८ सय मिटर चाहिने जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : २७ बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको