काठमाडौँ विश्वको वायु प्रदूषित शहरको एक नम्बरमा « Khabarhub

काठमाडौँ विश्वको वायु प्रदूषित शहरको एक नम्बरमा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँ विश्वको वायु प्रदूषित शहरको एक नम्बरमा परेको छ ।

वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमले काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । काठमाडौँपछि दोस्रो नम्बरमा चीनकाे राजधानी बेइजिङ परेको छ ।

आईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) १ सय ९४ पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

के कारण भयो काठमाडौँको वायु प्रदूषण ?

दक्षिणी छिमेकी मुलुक भारतबाट उडेर आएको धुलोका कारण उपत्यकाको वायु प्रदूषित भएको हो । सुक्खा धुलो मिश्रित हावाका कारण तुवाँलो बढ्दा वायु प्रदूषित भएको छ ।

यसबाट काठमाडौँबासीले आँखा पोल्ने र घाँटी खसखसाउनेलगायतका समस्या महसुस गरेका छन् ।

भारतको राजस्थान, हरियाणा, पञ्जाबमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको जल तथा मौसम विज्ञान विभागकी मौसमविद सजिना शाक्यले जानकारी दिइन् ।

वायु प्रदूषित हुँदा काठमाडौँको हवाई उडानसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ०३ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो