बौद्धिक चोरी गर्ने सात प्राध्यापकलाई त्रिविले गर्‍यो कारबाही « Khabarhub

बौद्धिक चोरी गर्ने सात प्राध्यापकलाई त्रिविले गर्‍यो कारबाही


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले बौद्धिक चोरीको गर्ने सात प्राध्यापकलाई कारबाही गरेको छ ।

फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको पाइएपछि परिषद्ले सात प्राध्यापकलाई कारबाही गरेको हो ।

त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायन शास्त्रका प्राध्यापक डा. पर्शुराम मिश्र, आंशिक प्राध्यापक रोहित देव, सहप्राध्यापक जनक अधिकारी, युवराज साहु , विमल कण्ठ, हरेराम मिश्र र कल्पना मिश्रलाई त्रिवि परिषद्ले कारबाही गरेको हो ।

त्रिविले बौद्धिक चोरीमा संलग्न ७ जनालाई नै आगामी २ वर्ष सम्म त्रिविका विद्यार्थीहरुको सुपरिवेक्षण, थेसिस, गाइड लगायतका अनुसन्धनात्मक क्रियाकलापहरुमा समेत गर्न प्रतिबन्ध लगाएको छ ।

यसैगरी प्रा.डा मिश्र लगायत सो कार्यमा संलग्न सबैलाई यस्तो कार्यमा संलग्न नहुन सचेत गराउने र त्रिवी महेन्द्र मोरंग आर्दश बहुमुखी क्याम्पसमा आंशिक प्राध्याकको रुपमा संलग्न रहेका रोहित कुमार देवलाई आगामी २ वर्षसम्म अध्यापन गर्न नपाउने गरी कारबाही गरिएको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्राध्यापकहरुले अनाधिकृत रुपमा लेखहरु साभार गरेको भन्ने उजुरीका परेपछि त्रिविले प्राध्यापक डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन समितिले अनुसन्धान अघि बढाएको थियो । उक्त समितिले अध्ययन गरी प्रमाणसहित प्रतिवेदन पेश गरेपछि प्राध्यापक विरुद्ध कारबाही अघि बढाएको थियो ।

अनाधिकृत रुपमा प्रकाशन गरिएका उक्त लेखहरुलाई त्रिवी सेवा प्रयोजनका लागि मुल्याङ्कण नगर्ने र सोबारे अन्य विश्वविद्यालयलाई समेत जानकारी दिई मुल्याङ्कन नर्गन अनुरोध गर्ने पनि त्रिवीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्रिविद्वारा कारबाहीमा परेका प्राध्यापकहरुको सूची हेर्न यहाँ क्लिक गर्नुस् 

 

 

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ०४ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य